नेभिगेशन
सबै कुरा

पोखरीमा डुबेर दुई बालिकाकाे मृत्यु

३० भदौ, मोरङ, । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर स्थानीयले फेला पारेका थिए ।

Ncell
Extreme Energy

पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको दाहालले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।