नेभिगेशन
सबै कुरा

दुर्घटनामा दुईको मृत्यु

३० भदौ, सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए।

Ncell
Extreme Energy

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।