नेभिगेशन
सबै कुरा

दुर्घटनामा दुईको मृत्यु

३० भदौ, सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए।

Dish Home
Global Ime Bank

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५ ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत...
मानव धर्म सेवा समिति र मगर संघ कटारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

मानव धर्म सेवा समिति र मगर संघ कटारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम कटारी नगर पालिका वडा नम्वर ३ मा रहेको होटल माछापुछ्रेमा भएको थियो । कार्यक्रममा  स्थानीययुवाहरु, संघ संस्थाका प्रतिनिधि ,कर्मचारी, व्यापारी र राजनीतिज्ञ गरी ६१ जनाले रक्तदान...
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला...
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए ।