नेभिगेशन
सबै कुरा

दाजुभाइले दिदीबहिनीको लागि ब्रत बसी अटवारी पर्व मनाइँदै

३१ भदौ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागतरूपमा मानाउने गरिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व मनाइन्छ । भगवान् श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन मनाइने यो पर्वपछि उक्त समुदायमा आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिन्छ । 

Ncell
Extreme Energy

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सद समयको उपयोग गर्दै टोल–टोलमा आफ्नो मौलिक सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । 

यी जिल्लामा खेती गरिँदै आएको रैथाने जातको ‘अण्डी’ धानको चामलबाट खानाका मीठा परिकार पकाउने गरिन्छ । पछिल्ला वर्षमा भने यो धानको बीउ हराउन थालेकाले अन्य जातको धानको चामल प्रयोग गर्नुपरेको यो समुदायका अगुवाको भनाइ छ ।  

यो पर्वमा पूजाको काम सकिएपछि छोरी–बहिनीका लागि अलग्गै छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ भनिन्छ । छोरी–बहिनीलाई अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । पर्वको दोस्रो दिन बिहानै यसरी छुट्याइएको अग्रासन (खानाका परिकार) आफ्नी छोरी–बहिनीको घरसम्म पुर्याइदिने चलन छ ।

महाभारतको युद्धमा पराजित भई वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको डगौंरा चौधरी समुदायका अगुवा बताउँछन् । 

यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । अटवारी पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।