नेभिगेशन
सबै कुरा

देशभरका शिवालयमा भक्तजनको घुइँचो

१ असोज, काठमाडौं - हरितालिका तीज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे देखिनै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

Dish Home
Global Ime Bank

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ  । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ः०० बजे अगाडि नै दर्शन गराएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ  बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५ ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत...
मानव धर्म सेवा समिति र मगर संघ कटारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

मानव धर्म सेवा समिति र मगर संघ कटारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम कटारी नगर पालिका वडा नम्वर ३ मा रहेको होटल माछापुछ्रेमा भएको थियो । कार्यक्रममा  स्थानीययुवाहरु, संघ संस्थाका प्रतिनिधि ,कर्मचारी, व्यापारी र राजनीतिज्ञ गरी ६१ जनाले रक्तदान...
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला...
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए ।