नेभिगेशन
सबै कुरा

बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइयो

२ असाेज,  म्याग्दी - म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । 

दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो ।

Dish Home
Global Ime Bank

बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। 

‘लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भीड लागेको थियो’, उनले भने, ‘यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।’

बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा  नागानागिनी नाच देखाइएको थियो । 

मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो ।  परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो । 

मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।  

बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ । गत भदौ १८ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।  बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

उनीहरुले रोष्ट्रम अगाडी गएर नारावाजी गरेका छन् । तर सभामुखले पेलेरै बैठक अघि बढाएपछि राप्रपा र नेकपा एकिृकत समाजवादीले यो सही नभएको बताए । राप्रपाले आफ्नै आसनमा उभिएर...
सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ । आइतबार रास्वपा र राप्रपाको प्रदर्शन र विरोधका बिच सभामुखले बैठक पेलेर अघि बढाएपछि राप्रपाले बैठक बहिस्कार गरेको हो...
बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

'हामीले गोरखा जिल्लाका लागि विगत २ आर्थिक वर्षदेखि विनियोजित गराउन प्रयास गरेका विकास परियोजनाहरु बजेटमा कटौती गरियो', सिधाकुरासँग बजगाइँले भने,'नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकको मौलिक...
सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले दलहरुले विरोध प्रदर्शन गरिरहँदा संसद चलाउनु ठिक नभएको बताएका छन् । आइतबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाइरहँदा सभामुखले...

भर्खरै