नेभिगेशन
सबै कुरा

राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र

२ असोज,ललितपुर : ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन । 

झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरुले भवनलाई घेरेका छन् । छेउका बोटबिरुवाहरु बढेर श्रीमहल नै ढाक्न थालेका छन् । 

Dish Home
Global Ime Bank

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरुका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो । त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालन भएको थियो । भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ । 

भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनःनिर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो । तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो । आफैँ निर्माण गर्छौं भनेर जिम्मा लिएको स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले सहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ । 

स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार चालु  आर्थिक वर्षदेखि श्रीमहल पुनःनिर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । उनले भने, ‘श्रीमहल पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौँ । श्रीमहल पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ ।’

हाल चारैतिरको भाग जीर्ण देखिएको श्रीमहलको परिसरमा पर्खाल भत्केर झरेका इँटा छरिएका छन् । भवन भूतबङ्गला जस्तै भएको छ । श्रीमहल परिसरमा आदिवासी जनजाति आयोग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालगायत अन्य सरकारी कार्यालयका भवन छन् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

उनीहरुले रोष्ट्रम अगाडी गएर नारावाजी गरेका छन् । तर सभामुखले पेलेरै बैठक अघि बढाएपछि राप्रपा र नेकपा एकिृकत समाजवादीले यो सही नभएको बताए । राप्रपाले आफ्नै आसनमा उभिएर...
सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ । आइतबार रास्वपा र राप्रपाको प्रदर्शन र विरोधका बिच सभामुखले बैठक पेलेर अघि बढाएपछि राप्रपाले बैठक बहिस्कार गरेको हो...
बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

'हामीले गोरखा जिल्लाका लागि विगत २ आर्थिक वर्षदेखि विनियोजित गराउन प्रयास गरेका विकास परियोजनाहरु बजेटमा कटौती गरियो', सिधाकुरासँग बजगाइँले भने,'नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकको मौलिक...
सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले दलहरुले विरोध प्रदर्शन गरिरहँदा संसद चलाउनु ठिक नभएको बताएका छन् । आइतबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाइरहँदा सभामुखले...

भर्खरै