नेभिगेशन
सबै कुरा

विकास कोषले पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता गर्‍यो रद्द

२ असोज, काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौँता रकम तीर्न नसकेका कारण उक्त सम्झौँता रद्द गरिएको विकास कोषले जनाएको छ ।

पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त प्रालीले सवारी पार्किङ सञ्चालनवापत कोषलाई तीर्नु पर्ने पुरानो रु ४० लाख बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो ।

Dish Home
Global Ime Bank

सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । उनले भने, ‘भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङ स्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रकृया नहुँन्जेल सम्म हाल लाई निःशुल्क पार्किङ गरिएको छ ।’

उक्त कम्पनीले पशुपति क्षेत्र भित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेवापत विकास कोषलाई मासिक रु तीन लाख ४६ हजार तीर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ । उक्त कम्पनीले पुरानो बक्यौँता रकम रु ६० लाखमा केही हप्ता पहिले रु २० लाख बुझाएपनि अझै रु ४० लाख तीन बाँकी रहेको खतिवडाले जानकारी दिए। कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भएपनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ ।

पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि रु १० र चारपाङ्ग्रे सवारीका लागि रु २५ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो । तर, कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ । कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

उनीहरुले रोष्ट्रम अगाडी गएर नारावाजी गरेका छन् । तर सभामुखले पेलेरै बैठक अघि बढाएपछि राप्रपा र नेकपा एकिृकत समाजवादीले यो सही नभएको बताए । राप्रपाले आफ्नै आसनमा उभिएर...
सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ । आइतबार रास्वपा र राप्रपाको प्रदर्शन र विरोधका बिच सभामुखले बैठक पेलेर अघि बढाएपछि राप्रपाले बैठक बहिस्कार गरेको हो...
बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

'हामीले गोरखा जिल्लाका लागि विगत २ आर्थिक वर्षदेखि विनियोजित गराउन प्रयास गरेका विकास परियोजनाहरु बजेटमा कटौती गरियो', सिधाकुरासँग बजगाइँले भने,'नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकको मौलिक...
सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले दलहरुले विरोध प्रदर्शन गरिरहँदा संसद चलाउनु ठिक नभएको बताएका छन् । आइतबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाइरहँदा सभामुखले...

भर्खरै