नेभिगेशन
सबै कुरा

बुधबारबाट चल्ने सूर्यबिनायक–रत्नपार्क द्रुत बसको तयारी तिब्र

२ असोज, काठमाडौं । काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलिदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । 

Dish Home
Global Ime Bank

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क बनाउने कार्य भइरहेको बताए । विभिन्न चोक तथा घुम्तीहरुमा सोही अनुसारको मार्क लगाउने कार्य जारी छ । दिउँसो भीडभाड हुने भएकाले धेरै काम राति भइरहेको छ । केही ठाउँमा दिउँसो पनि काम गरिएको छ । अहिले रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको छ । 

सरकारले भोलि संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा दिन लागेको हो । सुरुमा दुईवटा बस चल्ने जनाइएको छ । भोलि रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ । उक्त सेवाका लागि ट्राफिक प्रहरीहरु परिचालन गरेर लेन खाली गरिने छ  । उक्त लेनमा अन्य गाडी रोक्नु हुँदैन, द्रुत सेवाका लागि बाटो छाड्न पर्छ भन्ने सङ्केत पनि दिइने उनले बताए । 

ट्राफिक प्रहरीले अब बसको ओहोरदोहोरमा व्यवस्थापन गर्न उक्त लेनमा अन्य सवारी चल्न नदिने भएको छ । द्रुत हुनका लागि सहयोग पनि गरिने प्रहरी वरिष्ठ उपरीक्षक भटृले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले दलहरुले विरोध प्रदर्शन गरिरहँदा संसद चलाउनु ठिक नभएको बताएका छन् । आइतबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाइरहँदा सभामुखले...
‘आन्दोलन चलिरहँदा संसद चलाउनु दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ : ज्ञानेन्द्र शाही

‘आन्दोलन चलिरहँदा संसद चलाउनु दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी...
संसदमा बोल्न मानेनन् अमरेशकुमार सिंह, भने– नाराबाजीका बिच म बोल्न सक्दिनँ, धन्यवाद

संसदमा बोल्न मानेनन् अमरेशकुमार सिंह, भने– नाराबाजीका बिच म बोल्न सक्दिनँ, धन्यवाद

सांसद अमरेशकुमार सिंहले आफू नाराबाजीका बिच बोल्न नसक्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय माग गरेका उनले संसदमा रास्वपाको प्रदर्शन र राप्रपाको विरोधका बिच आफू...
सभामुखले आज पनि रास्वपा र राप्रपालाई पेलेरै चलाए संसद

सभामुखले आज पनि रास्वपा र राप्रपालाई पेलेरै चलाए संसद

संसदमा नेताहरुले बोलिरहेपनि रास्वपाले पनि वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने माग गर्दै आएका प्रतिपक्ष दलहरु संसद अवरुद्द गर्दै आएका थिए...

भर्खरै