नेभिगेशन
सबै कुरा

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

३ असोज, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् । 

संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको बताए । ‘संविधानवाद, न्याय र समानता प्रस्तुत संविधानको मूल आत्माको रूपमा रहेको छ’, शुभकामना सन्देशमा उल्लेख छ, “राज्यका सबै निकायको संविधानको मर्म र भावना अनुरूपको सोच, दृष्टिकोण र व्यवहारबाट नै संविधानको सहीरूपमा कार्यान्वयन हुनसक्छ ।”

Dish Home
Global Ime Bank

आजको दिन नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधानसभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन भएको र त्यसैले संविधान निर्माणको प्रक्रिया तथा संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।

‘संविधानका प्रावधान र अन्तर्निहित भावनालाई सामाजिक यथार्थतासँग जोड्ने वा सदृश्य बनाउने काम राज्यका निकायहरूको हो’, शुभकामना सन्देशमा भनिएको छ । प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो, सहज एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका संवेदनशील रहेको बताएका छन् । 

‘यस विशेष अवसरमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्धता रहेको स्पष्ट गर्न चाहन्छु’, सन्देशमा उल्लेख छ । न्यायपालिकाले गरेको सुधारप्रति विश्वस्त हुन र सो कार्यमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउनसमेत सम्बद्ध सबैमा प्रधानन्यायाधीश श्रेष्ठले अपिल गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले दलहरुले विरोध प्रदर्शन गरिरहँदा संसद चलाउनु ठिक नभएको बताएका छन् । आइतबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाइरहँदा सभामुखले...
‘आन्दोलन चलिरहँदा संसद चलाउनु दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ : ज्ञानेन्द्र शाही

‘आन्दोलन चलिरहँदा संसद चलाउनु दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी...
संसदमा बोल्न मानेनन् अमरेशकुमार सिंह, भने– नाराबाजीका बिच म बोल्न सक्दिनँ, धन्यवाद

संसदमा बोल्न मानेनन् अमरेशकुमार सिंह, भने– नाराबाजीका बिच म बोल्न सक्दिनँ, धन्यवाद

सांसद अमरेशकुमार सिंहले आफू नाराबाजीका बिच बोल्न नसक्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय माग गरेका उनले संसदमा रास्वपाको प्रदर्शन र राप्रपाको विरोधका बिच आफू...
सभामुखले आज पनि रास्वपा र राप्रपालाई पेलेरै चलाए संसद

सभामुखले आज पनि रास्वपा र राप्रपालाई पेलेरै चलाए संसद

संसदमा नेताहरुले बोलिरहेपनि रास्वपाले पनि वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने माग गर्दै आएका प्रतिपक्ष दलहरु संसद अवरुद्द गर्दै आएका थिए...

भर्खरै