नेभिगेशन
सबै कुरा

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालनमा, सर्वसाधारणले भोलिबाट सेवा लिन पाउने

३ असोज, काठमाडौं । काठमाडौंको ररत्नपार्कबाट भक्तपुरको सूर्यविनायक चल्ने द्रुत बस सेवा आजदेखि सञ्चालनमा आएको छ । द्रुत बस सेवाले रत्नपार्कबाट ४५ मिनेटमै सूर्यविनायक पुर्याउने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आज उल्घाटन भएको द्रुत बसको सेवा सर्वसाधारणले भोलिबाट लिन पाउने छन् । द्रुत बसको छुट्टै भाडादर तोकिएको छैन । हाल चलिआएको भाडादरमै द्रुत बसको सेवा लिन सकिने छ । 

द्रुत बस कार्यालय समयमा मात्र चल्ने छ । बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । व्यवसायीहरुको सहकार्यमा २५ ओटा बस चल्ने छन् भने प्रति बसको क्षमता ३८ जना रहेको छ । यी बसहरुलाई जाम छल्नका लागि बिभिन्न चोकमा रहेका ट्राफिक प्रहरीले सहयोग गर्ने छन् ।  


आज रन्तपार्कको शान्तिवाटिकामा कार्यक्रम आयोजना गरी द्रुत बस सेवाको सञ्चालन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।