नेभिगेशन
सबै कुरा

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालनमा, सर्वसाधारणले भोलिबाट सेवा लिन पाउने

३ असोज, काठमाडौं । काठमाडौंको ररत्नपार्कबाट भक्तपुरको सूर्यविनायक चल्ने द्रुत बस सेवा आजदेखि सञ्चालनमा आएको छ । द्रुत बस सेवाले रत्नपार्कबाट ४५ मिनेटमै सूर्यविनायक पुर्याउने छ । 


Dish Home
Global Ime Bank

आज उल्घाटन भएको द्रुत बसको सेवा सर्वसाधारणले भोलिबाट लिन पाउने छन् । द्रुत बसको छुट्टै भाडादर तोकिएको छैन । हाल चलिआएको भाडादरमै द्रुत बसको सेवा लिन सकिने छ । 

द्रुत बस कार्यालय समयमा मात्र चल्ने छ । बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । व्यवसायीहरुको सहकार्यमा २५ ओटा बस चल्ने छन् भने प्रति बसको क्षमता ३८ जना रहेको छ । यी बसहरुलाई जाम छल्नका लागि बिभिन्न चोकमा रहेका ट्राफिक प्रहरीले सहयोग गर्ने छन् ।  


आज रन्तपार्कको शान्तिवाटिकामा कार्यक्रम आयोजना गरी द्रुत बस सेवाको सञ्चालन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी निकायमा बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छः विराजभक्त श्रेष्ठ

सरकारी निकायमा बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छः विराजभक्त श्रेष्ठ

मैले खेलकुद मन्त्रालय सम्हाल्दै गर्दा मन्त्रालयको एउटा विभागमा रु एक अर्ब २७ करोडको भ्रष्टाचार भएको पाएँ । त्यो अवस्थामा सुशासन कायम गर्छुभन्दा घेराबन्दीमा परियो । देशमा राजनीतिक नेतृत्व,...
सुनको मूल्य निरन्तर बढ्दो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य निरन्तर बढ्दो, कतिमा हुँदैछ कारोबार ?

गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल...
भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा गरिएको विरोधलाई जारी राख्ने बताएका छन् । आइतबार सिंहदरवारमा सभामुख र प्रमुख दलका मुख्य सचेतक तथा...
केदारनाथ नजिक गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, २ वर्षीय बालकसहित ७ जनाको मृत्यु

केदारनाथ नजिक गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, २ वर्षीय बालकसहित ७ जनाको मृत्यु

आइतबार केदारनाथ नजिक गौरीकुण्डमा एक हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको छ। बिहान करिब ५ः २० बजे भएको सो दुर्घटनामा २ वर्षीय बालकसहित ७ जनाको मृत्यु...