नेभिगेशन
सबै कुरा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

४ असोज, कास्की । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएका समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । उनका अनुसार समाजले यस वर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको थियो ।

Ncell
Extreme Energy

पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू सङ्कटमा पर्दै गएको घिमिरेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जनस्थल पोखरा–३२ लामेआहालमा सारिएको छ । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख भए पनि पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको बासस्थान सङ्कटमा परेको यस क्षेत्रका अनुसन्धाता बताउँछन् । 

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५÷१६ वर्षअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका घिमिरेको भनाइ थियो । उनका अनुसार सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवं उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध सङ्कटमा परेका हुन् । 

नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको छ । बासस्थान सङ्कटमा पर्नुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको अनुसन्धाताहरू बताउँछन् ।

“औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ”, उनले भने । 

घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने उनले जानकारी दिए ।

पोखरा आसपासमा गरिएको गणनामा सेतो गिद्धको सङ्ख्या सबैभन्दा बढी देखिएको र राज गिद्ध एउटा मात्र फेला परेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः  सभापति थापा

विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आइतबार आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताएका...
चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ ।
स्वरोजगार कोषमार्फत लगानी गरिएकामध्ये ६७ करोड कर्जा असुल भएन

स्वरोजगार कोषमार्फत लगानी गरिएकामध्ये ६७ करोड कर्जा असुल भएन

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण...