नेभिगेशन
सबै कुरा

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

५ असोज, चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको तिवारीले जानकारी दिए । 

Ncell
Extreme Energy

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उनले बताए । 

सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका जानकारी दिए । यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए । 

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन् । तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुन सकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बूढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ गैंडाको मृत्यु भएको हो। यस्तै संभावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११ , खाडलमा परी तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।