नेभिगेशन
सबै कुरा

प्रेस काउन्सिलको सक्रिय पत्रकारकाे सम्मान कांग्रेस नेतालाई, सक्रिय पत्रकार नाम हटाइयो

५ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले राजनीतिमा सक्रिय नेतालाई पत्रकारीतामा लामो समयदेखि योगदान पुर्याएको भन्दै सम्मान गर्न लागेको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काउन्सिलको ५४ औँ वार्षिकोत्सवका अवसरमा  घोषणा गरिएका विभिन्न पुरस्कार तथा सम्मान पाउनेको सूचीको १२ नम्बरमा रहेका मोतीलाल पौडेल नेपाली काङ्ग्रेसको सञ्चार तथा प्रचार विभाग सदस्य हुन् । 

Ncell
Extreme Energy

सुर्खेतका पौडेल आँफैले आँफु पत्रकारीतामा नभएको, नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको भन्दै काउन्सिलको सम्मान लिन अस्विकार समेत गरेका छन् । 

फेसबुकमा पोष्ट गर्दै पौडेलले लेखका छन् ‘म विगत लामो समयदेखि मूलधारको पत्रकारीताबाट विटमार्दै पार्टी राजनीतिमा सक्रिय रहि हाल नेपाली कांग्रेसको केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य रहेकोले प्रेस काउन्सिल नेपालले प्रदान गर्ने उक्त सम्मान नलिने जानकारी गर्दछु।’


काउन्सिलले घोषणा गरेका अधिकांश पुरस्कार तथा सम्मान दलिए भागबन्डाका आधारमा भएको पत्रकारहरुले गुनासो गर्ने गरेका छन् । साथै पुरस्कार तथा सम्मानका लागि अनुमोदन भएका सक्रिय पत्रकार नाम भने हटाइएको छ । 

प्रेस काउन्सिलको बोर्ड सदस्य पत्रकार रामप्रसाद दाहालका अनुसार बोर्ड बैठकले सक्रिय पत्रकार नाम समेत सम्मान तथा पुरस्कार पाउने सूचीमा राखेको थियो । तर सूचना जारी हुने बेलामा भने कपटपूर्णरुपमा हटाइएको सदस्य दाहालले गुनासो गरेका छन् । 


उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले अनुमोदन गरेका कतिपय सकृय पत्रकारको  नाम कपटपूर्ण रूपमा हटाइएको अवस्थामा पनि यो सूची पर्न सफल सबै सम्मानित अग्रज र पुरस्कृत सबैलाई हार्दिक बधाई ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।