नेभिगेशन
सबै कुरा

प्रेस काउन्सिलको सक्रिय पत्रकारकाे सम्मान कांग्रेस नेतालाई, सक्रिय पत्रकार नाम हटाइयो

५ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले राजनीतिमा सक्रिय नेतालाई पत्रकारीतामा लामो समयदेखि योगदान पुर्याएको भन्दै सम्मान गर्न लागेको पाइएको छ । 

काउन्सिलको ५४ औँ वार्षिकोत्सवका अवसरमा  घोषणा गरिएका विभिन्न पुरस्कार तथा सम्मान पाउनेको सूचीको १२ नम्बरमा रहेका मोतीलाल पौडेल नेपाली काङ्ग्रेसको सञ्चार तथा प्रचार विभाग सदस्य हुन् । 

City Express

सुर्खेतका पौडेल आँफैले आँफु पत्रकारीतामा नभएको, नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको भन्दै काउन्सिलको सम्मान लिन अस्विकार समेत गरेका छन् । 

फेसबुकमा पोष्ट गर्दै पौडेलले लेखका छन् ‘म विगत लामो समयदेखि मूलधारको पत्रकारीताबाट विटमार्दै पार्टी राजनीतिमा सक्रिय रहि हाल नेपाली कांग्रेसको केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य रहेकोले प्रेस काउन्सिल नेपालले प्रदान गर्ने उक्त सम्मान नलिने जानकारी गर्दछु।’


काउन्सिलले घोषणा गरेका अधिकांश पुरस्कार तथा सम्मान दलिए भागबन्डाका आधारमा भएको पत्रकारहरुले गुनासो गर्ने गरेका छन् । साथै पुरस्कार तथा सम्मानका लागि अनुमोदन भएका सक्रिय पत्रकार नाम भने हटाइएको छ । 

प्रेस काउन्सिलको बोर्ड सदस्य पत्रकार रामप्रसाद दाहालका अनुसार बोर्ड बैठकले सक्रिय पत्रकार नाम समेत सम्मान तथा पुरस्कार पाउने सूचीमा राखेको थियो । तर सूचना जारी हुने बेलामा भने कपटपूर्णरुपमा हटाइएको सदस्य दाहालले गुनासो गरेका छन् । 


उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले अनुमोदन गरेका कतिपय सकृय पत्रकारको  नाम कपटपूर्ण रूपमा हटाइएको अवस्थामा पनि यो सूची पर्न सफल सबै सम्मानित अग्रज र पुरस्कृत सबैलाई हार्दिक बधाई ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विभागको आग्रह

अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विभागको आग्रह

विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो ।
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको...
रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

आइतबार बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जना विज्ञहरूको जिम्मेवारी तोकेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीकाअनुसार यसरी जिम्मेवारी पाउनेहरूमा नेपाली काङ्ग्रेस परित्याग...

भर्खरै