नेभिगेशन
सबै कुरा

नेपाल टेलिकममा कार्यरत अधिकृत क्वाटरबाटै बेपत्ता, एक हप्तादेखि सम्पर्कविहिन

झापाको नेपाल टेलिकम सुरुङ्गा शाखामा कार्यरत निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी एक हप्तादेखि बेपत्ता भएका छन् । 

गत शनिवार बिहान कनकाई नगरपालिका ३, सुरुङ्गामा रहेको क्वाटरबाट सम्पर्कविहिन भएका सुवेदी एक हप्तासम्म सम्पर्कमा आएका छैनन् । 

Dish Home
Global Ime Bank

अधिकृत छैठौँ तहका ३१ बर्षीय सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीका अनुसार उनीसँग अन्तिम पटक शनिवार ८ बजेर ४९ मिनेटमा कुराकानी भएको थियो । उक्त समयमा सामान्य कुराकानी भएपनि दिउँसो १२ बजे सम्पर्क गर्दा मोवाईल अफ रहेको उनले बताइन् ।

सुरुमा फोन अफ भएर सम्पर्क नभएको हुनसक्ने आशंकामा बसेका परिवारले साँझ ५ बजेसम्म दिलिप सुवेदी सम्पर्कमा नआएपछि दिलिप कार्यरत टेलिकममा सम्पर्क गरे । तर उनको केही पत्तो लागेन ।

एक हप्तादेखि सम्पर्कविहिन भएका सुवेदीको खोजीकार्यमा निरन्तर लागेपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । 

इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाका अनुसार सुवेदीले कोठामा चाबी लगाएको र पिएको पानीको ग्लास समेत ओछ्यानमै छोडेका थिए । त्यस्तै उनले मोबाइल बोकेर गएका भए पनि स्कुटरको चाबी, मोबाइल चार्जर र पर्स भने कोठामै छोडेर गएका छन् । 

विराटनगर नगरपालिका – ४ राजवंशी चोकमा स्थायी घर भएका सुवेदी गत फागुन महिनादेखि सुरुङ्गा टेलिकम शाखामा कार्यरत थिए । उनी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए । टेलिकमको कार्यालयदेखि उनको कोठा ५ सय मिटर दुरीमा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
अनुदानको नाममा थाहा नगरका जनता ठगीए, ३२ हजारको ट्याक्टरलाई पालिकाले बनायो ५२ हजारको बिल

अनुदानको नाममा थाहा नगरका जनता ठगीए, ३२ हजारको ट्याक्टरलाई पालिकाले बनायो ५२ हजारको बिल

अनुदानको नाममा थाहा नगरका जनता ठगीए, ३२ हजारको ट्याक्टरलाई पालिकाले बनायो ५२ हजारको बिल
बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का

बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का

यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड...
कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रस्तुत गरेका छन् ।