नेभिगेशन
सबै कुरा

नेपाल टेलिकममा कार्यरत अधिकृत क्वाटरबाटै बेपत्ता, एक हप्तादेखि सम्पर्कविहिन

झापाको नेपाल टेलिकम सुरुङ्गा शाखामा कार्यरत निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी एक हप्तादेखि बेपत्ता भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत शनिवार बिहान कनकाई नगरपालिका ३, सुरुङ्गामा रहेको क्वाटरबाट सम्पर्कविहिन भएका सुवेदी एक हप्तासम्म सम्पर्कमा आएका छैनन् । 

Ncell
Extreme Energy

अधिकृत छैठौँ तहका ३१ बर्षीय सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीका अनुसार उनीसँग अन्तिम पटक शनिवार ८ बजेर ४९ मिनेटमा कुराकानी भएको थियो । उक्त समयमा सामान्य कुराकानी भएपनि दिउँसो १२ बजे सम्पर्क गर्दा मोवाईल अफ रहेको उनले बताइन् ।

सुरुमा फोन अफ भएर सम्पर्क नभएको हुनसक्ने आशंकामा बसेका परिवारले साँझ ५ बजेसम्म दिलिप सुवेदी सम्पर्कमा नआएपछि दिलिप कार्यरत टेलिकममा सम्पर्क गरे । तर उनको केही पत्तो लागेन ।

एक हप्तादेखि सम्पर्कविहिन भएका सुवेदीको खोजीकार्यमा निरन्तर लागेपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । 

इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाका अनुसार सुवेदीले कोठामा चाबी लगाएको र पिएको पानीको ग्लास समेत ओछ्यानमै छोडेका थिए । त्यस्तै उनले मोबाइल बोकेर गएका भए पनि स्कुटरको चाबी, मोबाइल चार्जर र पर्स भने कोठामै छोडेर गएका छन् । 

विराटनगर नगरपालिका – ४ राजवंशी चोकमा स्थायी घर भएका सुवेदी गत फागुन महिनादेखि सुरुङ्गा टेलिकम शाखामा कार्यरत थिए । उनी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए । टेलिकमको कार्यालयदेखि उनको कोठा ५ सय मिटर दुरीमा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।