नेभिगेशन
सबै कुरा

मुगुको गमगढी बजारमा आगलागी, आठ घर जलेर नष्ट

६ असोज, मुगुः मुगुको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ ।  गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा आठ  घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो । आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका प्रनाउ थापाले जानकारी दिए ।  

City Express

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीले आगो नियन्त्रण गरेका थिए । २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हँुदा १९ घर जलेर नष्ट  भएका थिए  । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विभागको आग्रह

अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विभागको आग्रह

विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो ।
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको...
रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

आइतबार बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जना विज्ञहरूको जिम्मेवारी तोकेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीकाअनुसार यसरी जिम्मेवारी पाउनेहरूमा नेपाली काङ्ग्रेस परित्याग...

भर्खरै