नेभिगेशन
सबै कुरा

शिशिर खनाल र धुव्रबहादुर प्रधान भन्छन् ‘सहकारीको रकम अपचलनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता देखिएन्’

काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित छानबिन समितिका सदस्यहरुले सहकारीको रकम अपचलनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता नभएको बताएका छन् । समितिकाे निश्कर्षबारे साेमबार पत्रकारहरुसँग पत्रकारहरुसँग कुरा गर्दै सदस्यद्वय शिशिर खनाल र धुव्रबहादुर प्रधानले रवि लामिछानेको प्रत्यक्ष संलग्नता नभएको बताएका हुन् । 

‘रवि लामिछानेको नाममा र उहाँको प्रत्यक्ष संलग्नतामा सहकारीको रकम प्रवाह भएको देखिएन् । त्यो सत्य स्थापित भइसकेको छ ।’, समितिका सदस्य खनालले भने, ‘उहाँ गोर्खा मिडियोको म्यानेजिङ डिरेक्टर हो । त्यहाँ भइरहँदा सञ्चालकहरुले संयुक्त खाता खोले भन्ने विषय भनेको सामान्य मानिसले भन्ने कुरा हो । त्यसलाई अतिरञ्जित बनाइरहन आवश्यक छैन ।’

Dish Home
Global Ime Bank


त्यस्तै रवि लामिछाने प्रबन्धक निर्देशक रहेको समयमा गोर्खा मिडियामा सहकारीको रहम अपचलन भएको देखिएपनि सहकारीको रकम उक्त संस्थामा ल्याउन रविको संलग्नता नदेखिएको समिति सदस्य धुव्रबहादुर प्रधानले बताए । ‘उहाँको संलग्नता भनेको गोर्खा मिडिया सञ्चालनका क्रममा भएको देखिन्छ । सहकारीको रकम प्रवाहमा उहाँको कुनै संलग्नता देखिएको छैन ।’, प्रधानले भने । 

गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो। समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र सुरुमा बद्री पाण्डे र पछि उनको स्थानमा दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन्। समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो।

तीन महिनाको समय पाएको समितिले निर्धारित समयमा प्रतिवेदन बुझाउन नसकेपछि १५ दिन थप गरिएको थियो। थपिएको समय असोज ६ गतेसम्म छ, तर आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाले समितिले प्रतिवेदन समयसीमाअगावै तयार पारेको हो। प्रतिवेदनमा आज दिउँसो अन्तिम बैठकले हस्ताक्षर गरेर सभामुखलाई बुझाउने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation