नेभिगेशन
सबै कुरा

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर

चितवन । चितवनको  इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आँगमनै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् । एक घर–एक धारा अभियान अन्तर्गत डेढवर्ष अघि मात्र इच्छाकामना गाउँपालिका, ‘वाइनटु वाटर’ नेपाल र स्थानीय उपभोक्ताको सहकार्यमा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको तेर्से– भोर्ले– डाडाँगाउँ खानेपानी आयोजनाको सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय खानेपानी जोह गर्न कुवा धाउन बाध्य भएका हुन् ।  

उपभोक्ता समितिका अध्यक्ष दीपक गुरुङका अनुसार आयोजना सम्पन्न भएको ६ महिनामै सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय समस्यामा परेका हुन् । एक वर्षदेखि यहाँका बासिन्दा झण्डै एक घण्टाको बाटो हिँडेर पानी लिन जान बाध्यक्ष छन् । डाँडागाउँमा मात्र होइन सोही आयोजनाअन्तर्गत भोर्ले र तेर्से गाउँमा पनि समस्या उस्तै छ । घर–घरमा धारा भए पनि एक वर्षदेखि पानी नआएको तेर्सेका सुकबहादुर गुरुङले बताए ।

Dish Home
Global Ime Bank

लामो समय भइसक्दा पनि खानेपानी समस्या समाधानमा गाउँपालिकाले बेवास्ता गरेको उपभोक्ताको गुनासो छ । आयोजनाअन्तर्गत ४२ परिवार रहेका छन् । बयालिस परिवारका स्थानीयले खानेपानीको समस्या झेलिरहेका छन् । तत्काल गाउँपालिका र साझेदार संस्था ‘वाइनटुवाटर’का कर्मचारीलाई जानकारी गराए पनि समस्याको बेलैमा सुनुवाइ नभएको स्थानीय बताउँछन् । 

स्थानीय दीपक गुरुङले भने, “सोलारले पानी तान्न छाडेपछि तत्काल गाउँपालिका र वाइनटुवाटरलाई जानकारी गराएका थियौँ । महिनौँ दिनसम्म प्राविधिक पठाएनन् ।” ढिला गरी प्राविधिक आए पनि काम सुरु गर्न ढिलाइ गरेको उनको भनाइ छ । वाइन टु वाटरका वास संयोजक यज्ञराज जोशीले भने स्थानीयले ढिला जानकारी गराउँदा समस्या समाधान हुन समय लागेको बताए ।

अहिले सर्भे गरी समस्या पहिचान गरिएको र चाँडै समाधान हुने गुरुङले बताए । उनले भने, “हामीले  वैकल्पिक ऊर्जाका प्राविधिक ल्याएर रिर्पोट तयार पारिसकेका छौँ, केही दिनभित्र काम सुरु गछौँ ।” उनका अनुसार सो स्थानमा घाम केही समय मात्र लाग्ने र लामो दुरी भएका कारण समस्या आएको हो । सोलारले काम नगरेको अवस्थामा विद्युत्बाट सञ्चालन हुने गरी व्यवस्था गर्न गाउँपालिकासँग छलफल भएको उनको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले दीर्घकालीन रुपमा टिकाउ हुने गरी समस्याको सामाधान गरिने बताए । तत्कालका लागि अस्थायी रुपमा खानेपानी समस्या सामाधान गर्न पुरानो मुहानबाट पानी ल्याउन पाइप उपलब्ध गराइने उनले बताए । केही दिनमै काम सुरु गरिने  र एक महिनाभित्र समस्या समाधान गरिने उनको भनाइ छ । 

गाउँपालिका, वाइनटुवाटर नेपाल र स्थानीय उपभोक्ताको साझेदारीमा रु ५८ लाखको लागतमा २०८० साल  जेठ ३० गते आयोजना  सम्पन्न भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा...
८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

सत्तारु‌ढ दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले २०८४ को चुनाव हारुन भन्दै संसदमै प्रार्थना...
प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् ।
जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशकी जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीविरुद्ध पर्सा जिल्ला अदालतले चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।