नेभिगेशन
सबै कुरा

गृहमन्त्री लेखक र भारतीय सशस्त्र सीमा सुरक्षा बलका महानिर्देशकबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।      

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो ।      

Ncell
Extreme Energy

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए ।

गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिसुरक्षा र अपराध नियन्त्रणतर्फ दुवैतर्पmको ध्यान जानुपर्नेमा जोड दिँदै गृहमन्त्री लेखकले नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए । 

“नेपाल–भारतबीच सदिर्याँ पुरानो सम्बन्ध रहिआएको छ”, गृहमन्त्री लेखकले भने, “सीमासुरक्षा बलका काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु, सहयोग र सहकार्य गरी सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणसहित सीमा आवतजावतका क्रममा सम्मानजनक व्यवहार गरी दुवै देशका जनताको विश्वास जितौँ ।”

सो भेटवार्ताका अवसरमा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृत मोहनप्रसादससहित उच्च अधिकारीको सहभागिता थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...