नेभिगेशन
सबै कुरा

रास्वपाका उम्मेदवारलाई उम्मेदवारी नदिन धम्की आयो, प्रशासन र सुरक्षा निकायले वेवास्ता गरेः रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिन तयार भएका आफ्ना नेता कार्यकर्तालाई धाकधम्की र अपहरणको प्रयास भएको बताएका छ । कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै हुम्ला र मधेश प्रदेशका केहि स्थानमा उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका व्यक्तिलाई सत्तारुढ दल नेपाली कांग्रेसका सदस्यहरुले दुव्र्यवहार र कुटपिट समेत गरेको जनाएका छन् । 

रास्वपाका अनुसार हुम्लाको सर्केगाड गाउँपालिकाको उपनिर्वाचनमा उम्मेदवारी दिन तयारी गरिरहेकी सुजाता थापा र उनका श्रीमान बल थापालाई  शनिबार दिउँसो  करिब ४०–४५ जनाको समूहले घरबाटै लछारपछार गरी अपहरणको शैलीमा अज्ञात स्थलमा लगेका थिए । 

Global Ime Bank

अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको रास्वपाले आइतबार जारी विज्ञप्तीमार्फत् भनेको छ।

साथै रास्वपाले  स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोगसमेत समयमै नगरेको आरोप लगाएको छ । 

यस्तो छ रास्वपाको विज्ञप्तीः

"उपरोक्त सम्बन्धमा यही मिति २०८१ मंसिर १६ गते (नेपाल संवत् ११४५ कछलागा आमै) हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि  हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी श्री सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला हिजो मंसिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उहाँको श्रीमान बल थापालाई  करीब ४०९४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ  लिएर गएको र त्यस लगत्तै गाउँमा खैलाबैला भएको थियो । यो कुरा थाहा भए लगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण पाण्डेयलाई जानकारी गराइयो । प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो । 

रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जेपनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र  उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको  छ । स्थानीय स्रोतका अनुसार उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको छ । त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यहरुलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको विवरण प्राप्त भएको छ । यसै बीच मधेश प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्कीदिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएको छ । यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाकधम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र  रास्वपालाई उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौं । यस घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोग समेत समयमै प्राप्त हुन सकेन । 

लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानीत निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।  यस घटनाले हामीलाई साह्रै दुःखी बनाएको त छ नै । साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको छ । उल्लिखित घटनाक्रमलाई ध्यान दिई आसन्न उपनिर्वाचनलाई स्वच्छ, स्वस्थ र धाँधलीमुक्त वातावरणमा सम्पन्न गर्न अबिम्ब आवश्यक कदम चाल्नुका साथै घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्नका लागि सम्मानीत निर्वाचन आयोग समक्ष हार्दिक अनुरोध गर्दछौं । "

कविन्द्र बुर्लाकोटी
कार्यवाहक महामन्त्री

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ...
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न...
अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको...

भर्खरै