नेभिगेशन
सबै कुरा

रास्वपाका उम्मेदवारलाई उम्मेदवारी नदिन धम्की आयो, प्रशासन र सुरक्षा निकायले वेवास्ता गरेः रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिन तयार भएका आफ्ना नेता कार्यकर्तालाई धाकधम्की र अपहरणको प्रयास भएको बताएका छ । कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै हुम्ला र मधेश प्रदेशका केहि स्थानमा उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका व्यक्तिलाई सत्तारुढ दल नेपाली कांग्रेसका सदस्यहरुले दुव्र्यवहार र कुटपिट समेत गरेको जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका अनुसार हुम्लाको सर्केगाड गाउँपालिकाको उपनिर्वाचनमा उम्मेदवारी दिन तयारी गरिरहेकी सुजाता थापा र उनका श्रीमान बल थापालाई  शनिबार दिउँसो  करिब ४०–४५ जनाको समूहले घरबाटै लछारपछार गरी अपहरणको शैलीमा अज्ञात स्थलमा लगेका थिए । 

Ncell
Extreme Energy

अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको रास्वपाले आइतबार जारी विज्ञप्तीमार्फत् भनेको छ।

साथै रास्वपाले  स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोगसमेत समयमै नगरेको आरोप लगाएको छ । 

यस्तो छ रास्वपाको विज्ञप्तीः

"उपरोक्त सम्बन्धमा यही मिति २०८१ मंसिर १६ गते (नेपाल संवत् ११४५ कछलागा आमै) हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि  हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी श्री सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला हिजो मंसिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उहाँको श्रीमान बल थापालाई  करीब ४०९४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ  लिएर गएको र त्यस लगत्तै गाउँमा खैलाबैला भएको थियो । यो कुरा थाहा भए लगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण पाण्डेयलाई जानकारी गराइयो । प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो । 

रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जेपनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र  उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको  छ । स्थानीय स्रोतका अनुसार उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको छ । त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यहरुलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको विवरण प्राप्त भएको छ । यसै बीच मधेश प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्कीदिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएको छ । यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाकधम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र  रास्वपालाई उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौं । यस घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोग समेत समयमै प्राप्त हुन सकेन । 

लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानीत निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।  यस घटनाले हामीलाई साह्रै दुःखी बनाएको त छ नै । साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको छ । उल्लिखित घटनाक्रमलाई ध्यान दिई आसन्न उपनिर्वाचनलाई स्वच्छ, स्वस्थ र धाँधलीमुक्त वातावरणमा सम्पन्न गर्न अबिम्ब आवश्यक कदम चाल्नुका साथै घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्नका लागि सम्मानीत निर्वाचन आयोग समक्ष हार्दिक अनुरोध गर्दछौं । "

कविन्द्र बुर्लाकोटी
कार्यवाहक महामन्त्री

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...