नेभिगेशन
सबै कुरा

अमेरिकी सोयबिन निर्यात परिषद् विश्व सम्मेलन: व्यापार नीति, मूल्य र आपूर्ति स्थिरता एवम् पोषण सुरक्षामा सरोकारवालाको चासो

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
पाम जुमेराह। दुबई। अमेरिकी सोयबिन निर्यात परिषद् (युएसएसईसी) को विश्व सम्मेलन संयुक्त अरब इमिरेट्स (युएई) को पाम जुमेराहमा सम्पन्न भएको छ । ‘व्यापारका लागि चयन’ भन्ने मूल नाराका साथ कात्तिक २७ गतेबाट सुरु भएको सम्मेलन १४ नोभेम्बरमा समापन भएको थियो । 



परिषद्का उच्च नेतृत्वसहित अर्थशास्त्री, पोषण खाद्य सुरक्षा मामलाका विख्यात जानकार एवम् उद्योगी-व्यापारी सहभागी सम्मेलनमा व्यापार नीति, मूल्य र आपूर्ति स्थिरता एवम् पोषण सुरक्षा र दिगो विकासका बारेमा गहन छलफलका साथै क्षेत्रीय व्यापारका केही सम्झौता भए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै परिषद्का प्रमुख कार्यकारी निर्देशक जिम सटरले व्यापारलाई खाद्य र पोषण सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गरे । व्यापारले वस्तुहरूलाई उत्पादित क्षेत्रबाट अभाव क्षेत्रमा पु¥याउन मद्दत गर्ने भन्दै व्यापारको आयमहरु र अमेरिकी सोयाबिनको बजार र नीतिबारे चर्चा गरे ।  
‘उत्पादक देशहरूले आय अधिकतम बनाउन व्यापारको लाभ उठाउँछन्,’ कार्यकारी निर्देशक सटरले भने, ‘जबकि उपभोक्ता देशहरूले प्रतिस्पर्धात्मक मूल्यमा उत्पादन प्राप्त गर्छन् ।’


यस्तै, कार्यक्रममा बोल्दै परिषद्का क्षेत्रीय निर्देशक केभिन रोएप्केले दक्षिण एसियाको बढ्दो मुद्रास्फिर्तीको बारेमा चर्चा गरे । बढ्दो मुद्रास्फिर्तीले मध्यम वर्गलाई दबाब दिने भन्दै उनले यसले खर्च गर्ने मध्यम वर्गको आयलाई घटाउने भन्दै चिन्ता व्यक्त गरे । 
‘खाद्य मुद्रास्फीर्ति मध्यम वर्गलाई दबाब दिन्छ र उनको खर्च गर्ने आयलाई घटाउँछ,’ केभिन रोएप्केले भने, ‘खाद्य मुद्रास्फीति घटाउन र मध्यम वर्गको स्तर सुधार गर्न व्यापार नै सबैभन्दा सजिलो उपाय हो ।

औद्योगिक साझेदारी फराकिलो बन्दै  
सम्मेलनको अर्को उपलब्धि औद्योगिक साझेदारी फराकिलो बनाउनु पनि रह्यो । यस पटकको सम्मेलनमा युएसएसईसी र पाकिस्तानका दुई प्रमुख औद्योगिक संस्थाहरू पाकिस्तान सोल्भेन्ट एक्स्ट्रयाक्टर्स एसोसिएसन र पाकिस्तान पोल्ट्री एसोसिएसनसँग त्रिपक्षीय व्यापारिक सम्झौता पनि भएको छ। यो सम्झौताले पाकिस्तानको सोयाबिन उद्योगलाई बिउ र व्यावसायिक प्रयोजनका लागि सोयाबिन आयात पुनः सुरु गर्न मद्दत समेत मिल्नेछ । 


नयाँ समझदारीले पाकिस्तानका उद्योगहरूले अमेरिकामा उत्पादित सोयाबिन र यसमा आधारित सोयाबिन उत्पादनको प्रयोग गर्ने प्रतिबद्धता समेत जनाए । त्यसका अतिरिक्त यो समझदारी पछि युएसएसईसीले पाकिस्तानलाई उत्पादन क्षमता वृद्धि र सोया उत्पादनमा  आफ्नो ज्ञन र शीपमा पनि साझेदारी गर्ने छ । 

अमेरिकी सोयासबिनको प्रयोग अपनाउने संख्या थप
'क्रुस कर्न' दुबईपछि कार्बन फुटप्रिन्ट कम रहेको अमेरिकी सोयबिन प्रयोगमा साझेदारी गर्ने संख्या थप भएको छ । अमेरिकी सोयाबिनको प्रयोगबाट गुणस्तरीय र प्रोटिनयुक्त उत्पादन बजारीकण गर्न थप चार कम्पनीले समझदारी जनाएका हुन् ।
जसमा नेपालको पोल्ट्री व्यवसायको सबै भन्दा ठूलो कम्पनी भ्याली ग्रुप पनि रहेको छ । यि कम्पानीले अब आफ्नो उत्पादनको बजारीकरणमा ‘फिड वीथ सस्टेनेबल युएस सोया’ को लोगो प्रयोग गर्नेछन् ।


युएसएसईसीका अनुसार यसरी लोगो प्रयोग गर्ने उद्योगहरुको संख्या यो सम्मेलन पछि दक्षिण एशिय क्षेत्रमा दुई वर्ष भित्रमै १५ पुगेको छ । युसेकको सस्टेनेबवको लोगो प्रयोगको समझदारी पछि बोल्दै भ्याली ग्रुपका प्रबन्ध निर्देशक बाबुराजा रावलले यो समझदारी पछिको सम्भावनालाई लिएर उत्साहित भएको बताए । 

युएसएसईसी मानव उपभोग, जलकृषि र पशु आहारको प्रयोगलाई अन्तराष्ट्रिय रुपमा फरक बनाउन केन्द्रित छ । अमेरिकी सोयाको प्रयोगसँगै प्राथमिकता बढाउन र पहुँच विस्तारमा पनि काम गरिरहेको छ । 
  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...