नेभिगेशन
सबै कुरा

अमेरिकी सोयबिन निर्यात परिषद् विश्व सम्मेलन: व्यापार नीति, मूल्य र आपूर्ति स्थिरता एवम् पोषण सुरक्षामा सरोकारवालाको चासो

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
पाम जुमेराह। दुबई। अमेरिकी सोयबिन निर्यात परिषद् (युएसएसईसी) को विश्व सम्मेलन संयुक्त अरब इमिरेट्स (युएई) को पाम जुमेराहमा सम्पन्न भएको छ । ‘व्यापारका लागि चयन’ भन्ने मूल नाराका साथ कात्तिक २७ गतेबाट सुरु भएको सम्मेलन १४ नोभेम्बरमा समापन भएको थियो । 



परिषद्का उच्च नेतृत्वसहित अर्थशास्त्री, पोषण खाद्य सुरक्षा मामलाका विख्यात जानकार एवम् उद्योगी-व्यापारी सहभागी सम्मेलनमा व्यापार नीति, मूल्य र आपूर्ति स्थिरता एवम् पोषण सुरक्षा र दिगो विकासका बारेमा गहन छलफलका साथै क्षेत्रीय व्यापारका केही सम्झौता भए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै परिषद्का प्रमुख कार्यकारी निर्देशक जिम सटरले व्यापारलाई खाद्य र पोषण सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गरे । व्यापारले वस्तुहरूलाई उत्पादित क्षेत्रबाट अभाव क्षेत्रमा पु¥याउन मद्दत गर्ने भन्दै व्यापारको आयमहरु र अमेरिकी सोयाबिनको बजार र नीतिबारे चर्चा गरे ।  
‘उत्पादक देशहरूले आय अधिकतम बनाउन व्यापारको लाभ उठाउँछन्,’ कार्यकारी निर्देशक सटरले भने, ‘जबकि उपभोक्ता देशहरूले प्रतिस्पर्धात्मक मूल्यमा उत्पादन प्राप्त गर्छन् ।’


यस्तै, कार्यक्रममा बोल्दै परिषद्का क्षेत्रीय निर्देशक केभिन रोएप्केले दक्षिण एसियाको बढ्दो मुद्रास्फिर्तीको बारेमा चर्चा गरे । बढ्दो मुद्रास्फिर्तीले मध्यम वर्गलाई दबाब दिने भन्दै उनले यसले खर्च गर्ने मध्यम वर्गको आयलाई घटाउने भन्दै चिन्ता व्यक्त गरे । 
‘खाद्य मुद्रास्फीर्ति मध्यम वर्गलाई दबाब दिन्छ र उनको खर्च गर्ने आयलाई घटाउँछ,’ केभिन रोएप्केले भने, ‘खाद्य मुद्रास्फीति घटाउन र मध्यम वर्गको स्तर सुधार गर्न व्यापार नै सबैभन्दा सजिलो उपाय हो ।

औद्योगिक साझेदारी फराकिलो बन्दै  
सम्मेलनको अर्को उपलब्धि औद्योगिक साझेदारी फराकिलो बनाउनु पनि रह्यो । यस पटकको सम्मेलनमा युएसएसईसी र पाकिस्तानका दुई प्रमुख औद्योगिक संस्थाहरू पाकिस्तान सोल्भेन्ट एक्स्ट्रयाक्टर्स एसोसिएसन र पाकिस्तान पोल्ट्री एसोसिएसनसँग त्रिपक्षीय व्यापारिक सम्झौता पनि भएको छ। यो सम्झौताले पाकिस्तानको सोयाबिन उद्योगलाई बिउ र व्यावसायिक प्रयोजनका लागि सोयाबिन आयात पुनः सुरु गर्न मद्दत समेत मिल्नेछ । 


नयाँ समझदारीले पाकिस्तानका उद्योगहरूले अमेरिकामा उत्पादित सोयाबिन र यसमा आधारित सोयाबिन उत्पादनको प्रयोग गर्ने प्रतिबद्धता समेत जनाए । त्यसका अतिरिक्त यो समझदारी पछि युएसएसईसीले पाकिस्तानलाई उत्पादन क्षमता वृद्धि र सोया उत्पादनमा  आफ्नो ज्ञन र शीपमा पनि साझेदारी गर्ने छ । 

अमेरिकी सोयासबिनको प्रयोग अपनाउने संख्या थप
'क्रुस कर्न' दुबईपछि कार्बन फुटप्रिन्ट कम रहेको अमेरिकी सोयबिन प्रयोगमा साझेदारी गर्ने संख्या थप भएको छ । अमेरिकी सोयाबिनको प्रयोगबाट गुणस्तरीय र प्रोटिनयुक्त उत्पादन बजारीकण गर्न थप चार कम्पनीले समझदारी जनाएका हुन् ।
जसमा नेपालको पोल्ट्री व्यवसायको सबै भन्दा ठूलो कम्पनी भ्याली ग्रुप पनि रहेको छ । यि कम्पानीले अब आफ्नो उत्पादनको बजारीकरणमा ‘फिड वीथ सस्टेनेबल युएस सोया’ को लोगो प्रयोग गर्नेछन् ।


युएसएसईसीका अनुसार यसरी लोगो प्रयोग गर्ने उद्योगहरुको संख्या यो सम्मेलन पछि दक्षिण एशिय क्षेत्रमा दुई वर्ष भित्रमै १५ पुगेको छ । युसेकको सस्टेनेबवको लोगो प्रयोगको समझदारी पछि बोल्दै भ्याली ग्रुपका प्रबन्ध निर्देशक बाबुराजा रावलले यो समझदारी पछिको सम्भावनालाई लिएर उत्साहित भएको बताए । 

युएसएसईसी मानव उपभोग, जलकृषि र पशु आहारको प्रयोगलाई अन्तराष्ट्रिय रुपमा फरक बनाउन केन्द्रित छ । अमेरिकी सोयाको प्रयोगसँगै प्राथमिकता बढाउन र पहुँच विस्तारमा पनि काम गरिरहेको छ । 
  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।