नेभिगेशन
सबै कुरा

६ सय ग्राहकको विद्युत लाइन काटिँदै

बैतडी । बैतडीमा विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख ९९ हजार तीन सय ६२ बक्यौता उठाउन बाँकी छ ।  मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए।

Ncell
Extreme Energy

चौरासी वटा सरकारी कार्यालयबाट रु १७ लाख १९ हजार दुई सय ३५ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् । यस्तै अन्य चार सय ९५ ग्राहकबाट रु ६३ लाख ८० हजार एक सय २६ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए । 

समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य सुरु भइसकेको छ । प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ । सोही नीतिअनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्ने कार्य सुरु भएको वितरण केन्द्रका प्रमुख पौडेलले बताए। 

बैतडीमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर रु ६४ लाख बक्यौता रकम असुल गरिएको थियो । लाइन काटेपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुनः लाइन जोड्ने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...