नेभिगेशन
सबै कुरा

एमालेको प्रदर्शनमा प्रधानमन्त्री ओलीले सरकारी सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग नगरून् - रास्वपा नेता कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले प्रधानमन्त्रीले लोकतन्त्रको मर्म विपरित काम गरेको आरोप लगाएका छन् । एमालेले आज दरबार मार्गमा आयोजना गरेको जागरण सभा कार्यक्रमलाई लक्षित गर्दै नेता कार्की यस्तो टिप्पणी गरेका हुन् । मूल सडक बन्द गराएर एमालेको विरोध कार्यक्रम गरेपछि बिहानै देखि काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता कार्कीले दरबारमार्गमा हुने सभामा सरकारी सुविधा प्रयोग नगरी जान पनि पनि प्रधानमन्त्रीलाई भनेका छन्। ‘आज दरबारमार्गमा प्रधानमन्त्री केपी ओलीले अराजकता रोक्न सकेनन् भनेर एमाले अध्यक्ष केपी ओलीले शक्ति प्रदर्शन गर्दैछन् । एमाले अध्यक्ष केपी ओलीले सरकारले दिएको सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग नगरून् ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

Ncell
Extreme Energy

आफ्नै पार्टीका कार्यकर्ताहरूको सुरक्षा घेरामा कार्यक्रमस्थल पुग्न पनि नेता कार्कीले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘एउटा पार्टीको भेलाले उपत्यकाको ट्राफिक व्यवस्था नै अस्तव्यस्त हुँदा सरकार के हेरिराखेको छ ? सरकारको निकम्मा व्यवस्थापनले झन्डै झन्डै म नै कार्यक्रमस्थल ढिला पुग्न परेको ? ’ नेता कार्कीले सोधेका छन् । 

गति नै छोडे पछि सिमा राखेर के गति छोड्नु कमरेड भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘नत्र प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन भन्ने बुझ्नु पर्ने हो । शक्तिको पृथकीकरणका र सन्तुलन चै लोकतन्त्र हो । सडकमा पनि म, सरकारमा पनि म, अदालतमा पनि म, अख्तियारमा पनि म, संसदमा पनि म, प्रहरी प्रशासनमा पनि म भन्ने कुरा लोकतन्त्र होइन ? ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...