नेभिगेशन
सबै कुरा

एमालेको प्रदर्शनमा प्रधानमन्त्री ओलीले सरकारी सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग नगरून् - रास्वपा नेता कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले प्रधानमन्त्रीले लोकतन्त्रको मर्म विपरित काम गरेको आरोप लगाएका छन् । एमालेले आज दरबार मार्गमा आयोजना गरेको जागरण सभा कार्यक्रमलाई लक्षित गर्दै नेता कार्की यस्तो टिप्पणी गरेका हुन् । मूल सडक बन्द गराएर एमालेको विरोध कार्यक्रम गरेपछि बिहानै देखि काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता कार्कीले दरबारमार्गमा हुने सभामा सरकारी सुविधा प्रयोग नगरी जान पनि पनि प्रधानमन्त्रीलाई भनेका छन्। ‘आज दरबारमार्गमा प्रधानमन्त्री केपी ओलीले अराजकता रोक्न सकेनन् भनेर एमाले अध्यक्ष केपी ओलीले शक्ति प्रदर्शन गर्दैछन् । एमाले अध्यक्ष केपी ओलीले सरकारले दिएको सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग नगरून् ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

Ncell
Extreme Energy

आफ्नै पार्टीका कार्यकर्ताहरूको सुरक्षा घेरामा कार्यक्रमस्थल पुग्न पनि नेता कार्कीले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘एउटा पार्टीको भेलाले उपत्यकाको ट्राफिक व्यवस्था नै अस्तव्यस्त हुँदा सरकार के हेरिराखेको छ ? सरकारको निकम्मा व्यवस्थापनले झन्डै झन्डै म नै कार्यक्रमस्थल ढिला पुग्न परेको ? ’ नेता कार्कीले सोधेका छन् । 

गति नै छोडे पछि सिमा राखेर के गति छोड्नु कमरेड भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘नत्र प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन भन्ने बुझ्नु पर्ने हो । शक्तिको पृथकीकरणका र सन्तुलन चै लोकतन्त्र हो । सडकमा पनि म, सरकारमा पनि म, अदालतमा पनि म, अख्तियारमा पनि म, संसदमा पनि म, प्रहरी प्रशासनमा पनि म भन्ने कुरा लोकतन्त्र होइन ? ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।