नेभिगेशन
सबै कुरा

दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभा (तस्विरहरु)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबरमार्गमा जागरणसभा आयोजना गरेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत भएको हो । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्दैछन् । र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू उपस्थित भएका छन् । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर दरबारमार्गको प्रदर्शनको कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। प्रहरीले दरबारमार्ग क्षेत्रको वरपरका सबै सडकमा सवारी साधन चलाउन रोक लगाएको छ। जसका कारण काठमाडौँको न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार लगायत क्षेत्रमा अत्याधिक जाम छ। जामका कारण बिरामी बोकेको एम्बुलेन्स समेत गन्तव्यमा पुग्न सकेको छैन्। सरकारको नेतृत्व गरिरहेको एमाले आफै सडकमा ओर्लिएको र जनतालाई सास्ती थोपरेको भन्दै सडकमा दुःख पाएका नागरिकहरू आक्रोशित भएका छन् । सरकारलाई रिझाउन आन्दोलन सुरु हुनु अगावै प्रहरीले सडक डाइभर्सन गरे पछि अहिले सडकको अवस्था भद्रगोल बनेको छ । 

Ncell
Extreme Energy





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...