नेभिगेशन
सबै कुरा

दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभा (तस्विरहरु)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबरमार्गमा जागरणसभा आयोजना गरेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत भएको हो । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्दैछन् । र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू उपस्थित भएका छन् । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर दरबारमार्गको प्रदर्शनको कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। प्रहरीले दरबारमार्ग क्षेत्रको वरपरका सबै सडकमा सवारी साधन चलाउन रोक लगाएको छ। जसका कारण काठमाडौँको न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार लगायत क्षेत्रमा अत्याधिक जाम छ। जामका कारण बिरामी बोकेको एम्बुलेन्स समेत गन्तव्यमा पुग्न सकेको छैन्। सरकारको नेतृत्व गरिरहेको एमाले आफै सडकमा ओर्लिएको र जनतालाई सास्ती थोपरेको भन्दै सडकमा दुःख पाएका नागरिकहरू आक्रोशित भएका छन् । सरकारलाई रिझाउन आन्दोलन सुरु हुनु अगावै प्रहरीले सडक डाइभर्सन गरे पछि अहिले सडकको अवस्था भद्रगोल बनेको छ । 

Ncell
Extreme Energy





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।