नेभिगेशन
सबै कुरा

जङ्गली हात्तीको बथानले धान र उखु बालीमा क्षति गरेपछि किसान चिन्तित

२४ असोज, कञ्चनपुर । बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखुखेती गरेका थिए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ । “दुई सय क्विन्टल उखु हात्तीले गए रातिमात्रै खाएर नोक्सानी पुर्याएको छ”, उनले भने, “हात्तीका कारण डेढ लाख घाटा व्यहोर्नुपरेको छ ।”

City Express

छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनले बताए । घर नजिकै उखुबारी भएकाले तीनवटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताइन् । 

“हात्ती नियन्त्रणका लागि नगरपालिकाले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्, अँध्यारो हुँदा हात्ती उखुबारीमा पसे”, उनले भनिन्, “हात्ती उखुबारीमा पसेर नोक्सानी पुर्याएपछि मात्रै वडा कार्यालयले पुनः बत्ती जडान गरेको छ ।”

रानाको जस्तै स्थानीय किसान तप्त ठकुल्लाको तीन कठ्ठामा काट्न बाँकी रहेको हरियो धान र काटेको दुई कठ्ठाको धान पूरै हात्तीको बथानले खाएर नोक्सानी गरेको छ । वडा नं ७ सिमलफाँटाका गङ्गादत्त भट्टको पाँच कठ्ठाको काट्ने तयारी अवस्थामा रहेको धानबाली हात्तीको बथानले पूरै सखाप पारेको छ ।

“सात कठ्ठा जग्गामात्रै स्वामित्वको हो”, उनले भने, “पाँच कठ्ठाको धानबाली हात्तीले सखाप पार्यो, जग्गामा लगाएको धानले छ महिना खानका लागि पुग्थ्यो, अब वर्षभरिकै लागि धान खरिद गर्ने अवस्थामा पुर्यायो ।”


भट्ट परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । हात्ती भगाउनका लागि नगरपालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उनले बताए। निकुञ्ज छेउकै बस्ती भएकाले हात्तीलगायतका जङ्गली जनावरबाट निकै पीडित रहेको उनले उल्लेख गरे। वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले किसानको बालीनाली जङ्गली हात्तीको बथानबाट जोगाउनका लागि संवेदनशील क्षेत्रमा विद्युतीय स्वचालित बत्ती जडान गर्नमा जुटेको बताए। “हात्तीको बथानले क्षति पुर्याएका क्षेत्रमा प्रहरीसहित पुगेर अनुगमन गरी क्षतिपूर्तिका लागि सर्जिमिन मुचुल्का तयार गरेका छौँ”, उनले भने, “राहत र क्षतिपूर्तिका लागि निकुञ्ज कार्यालय गुहारेका छौँ, ऐलानी जग्गाको हकमा वडा र नगरपालिकाबाट सक्दो राहत उपलब्ध गराउँछौँ ।”


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्तरिम सरकारको मन्त्री बन्न खरेल, मिश्र र सिन्हाको नाम सिफारिस

अन्तरिम सरकारको मन्त्री बन्न खरेल, मिश्र र सिन्हाको नाम सिफारिस

खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीकाे लागि सिफरिस गरिएको छ । त्यस्तै डा. संगिता मिश्रलाई स्वास्थ्य मन्त्रालय र  पूर्व न्यायाधीश सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र...
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा  खेदिएका एआईजी मनोज केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा  खेदिएका एआईजी मनोज केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

गौरीबहादुर कार्कीको नेतृत्वमा  नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा, तथा कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी  सदस्य रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको छ ।
हटाइए विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

हटाइए विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

उनलाई उर्जा मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।