नेभिगेशन
समाज

भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

बर्दिया । भोटेकोशी बाढीमा परी बर्दियाको बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलसहित उनको परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि पौडेल परिवार शोक र पीडामा डुबेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय तथा २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स र तिसिया बाढीपछि सम्पर्कविहीन भएका हुन्।

Ncell
Extreme Energy

छोरा, बुहारी र नातिनातिना सम्पर्कविहीन भएपछि पौडेल परिवारमा ठूलो बज्रपात परेको छ। दिनरात उनीहरूको खबरको पर्खाइमा रहेका बुबा उमानाथ उपाध्यायले परिवारको सहारा नै गुमेको पीडा सुनाए।

“छोरा, बुहारी र नातिनातिना बाढीमा सम्पर्कविहीन भएपछि परिवारमा ठूलो बज्रपात परेको छ। हामी रातदिन छोराबुहारी र नाति–नातिनाकै पर्खाइमा छौँ, तर कतैबाट पनि केही जानकारी प्राप्त हुन सकेको छैन,” उनले भने।

सम्पर्कविहीन सन्तानलाई सम्झिँदै पौडेल परिवारका सदस्य रातदिन पीडामा छन्। नाति–नातिनालाई खेलाएको सम्झिँदै आमा लक्ष्मी उपाध्यायसमेत विलाप गर्ने गरेको उमानाथले बताए।

“बाढीले छोराको वंश मात्रै खोसेर लगेन, यो बुढेसकालको सहारा पनि खोसेर लग्यो। हामी आमाबुवालाई सहनै नसक्ने गरी पीडा दिएर गएको छ,” उनले भने।

सम्पर्कविहीन सोमनाथलाई बुबा उमानाथले दुःख गरेर भारतको चेन्नईस्थित अन्ना विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढाएका थिए। छोरालाई पढाउन गरेको संघर्ष सम्झिँदै उनले बुढेसकालमा छोराको सहारा पाउने आशा पनि बाढीले खोसेको बताए।

“आफूले खाइनखाई छोरालाई इन्जिनियर पढाएँ। यो बुढेसकालमा छोराको सहारा लिने बेलामा हामीलाई नै सहाराविहीन बनाएर गयो,” उनले भने।

सोमनाथ विगत नौ वर्षदेखि त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत थिए। छोराछोरी सानै भएकाले उनी परिवारसहित नुवाकोटमा बस्दै आएका थिए।

भाइ, बुहारी र भतिजाभतिजीको खोजीमा घटनास्थल नुवाकोट पुगेका सोमनाथका दाजु तुलसीराम पौडेलले दुईपटक नुवाकोट पुगे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको बताए।

“भाइ र बुहारीको खोजीमा दुई पटक नुवाकोट गएँ। सात दिन बसेँ, तर कतै पनि पत्ता लागेन। भाइसँगै काम गर्ने पाँच जनासँग भेटेँ। कसैले बाढी आउनुभन्दा दुई मिनेट अघिसम्म भाइसँगै रहेको बताए भने कसैले पावर हाउसको कार्यालयभित्र छिरिसकेको अवस्थामा देखेको बताए,” उनले भने।

सोमनाथको पहिचानका लागि बुबा उमानाथले भदौ २१ गते जिल्ला अस्पताल गुलरियामा डिएनए परीक्षणका लागि रगतको नमुना दिएका छन्। बुहारी ताराको डिएनए परीक्षणका लागि ससुरा चन्द्रमणि उपाध्यायले पनि रगतको नमुना दिएका छन्। दुवैको डिएनए परीक्षणको रिपोर्ट भने अझै आएको छैन।

कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका सोमनाथसहित बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताए।

उनका अनुसार बाँसगढी नगरपालिकाका मात्रै १२ जना सम्पर्कविहीन छन् भने ५३ जना घर फर्किसकेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ

आज कति पुग्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।