नेभिगेशन
समाज

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँ। काठमाडौँमा अवैध विद्युतीय चुरोट (भेप) कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङगल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका९३ बस्ने रामेछाप घर भएका १९ वर्षीय राजन मोक्तान र ललितपुर च्यासल बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका १९ वर्षीय सक्षम श्रेष्ठ पक्राउ परेका छन्।

Ncell
Extreme Energy


उनीहरुले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा अवैध रुपमा विद्युतीय चुरोट(भेप) भण्डारण तथा बिक्रीवितरण गर्दै आएका थिए । 


उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय चुरोट (भेप) फेला पारेको छ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई  अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले असोज ३ गते सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन सार्वजनिक अपिल गरेका छन् ।
मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (एनपीडीआरआर) को बैठकमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको छ।

भर्खरै