नेभिगेशन
सबै कुरा

सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सांसद विकास कोष कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Ncell
Extreme Energy

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो । 

आदेशमा संघीय सरकारको चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेशसभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न भनिएको छ ।

आदेशमा ‘संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था र सातवटै प्रदेशका व्यवस्थापिकाको आर्थिक वर्ष २०८०-८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्था तथा ती व्यवस्थाको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू र नगराउनू’, भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (एनपीडीआरआर) को बैठकमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको छ।
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह...

भर्खरै