नेभिगेशन
सबै कुरा

सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सांसद विकास कोष कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Dish home
City Express

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो । 

आदेशमा संघीय सरकारको चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेशसभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न भनिएको छ ।

आदेशमा ‘संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था र सातवटै प्रदेशका व्यवस्थापिकाको आर्थिक वर्ष २०८०-८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्था तथा ती व्यवस्थाको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू र नगराउनू’, भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र...
प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

निवेदक अधिवक्ता डा प्रेमराज सिलवाले दायर गरेको निवेदनमा बुधबार सर्वोच्च अदालतका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले गरेको...
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका हुन । सो औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल...