नेभिगेशन
समाज

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । 

Marvel
Extreme Energy

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले बढेर ४६७ दशमलव ४५ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक तीन दशमलव ५६ अङ्कले बढेर १८१ दशमलव १३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक तीन दशमलव १३ अङ्कले बढेर  १५७ दशमलव ९१ मा पुगेको छ । 

विभिन्न कम्पनीका दुई करोड तीन लाख ८७ हजार ४१३ कित्ता सेयर रु आठ अर्ब २९ करोड १७ हजार ११५ मूल्यमा खरिद बिक्री भएको छ । 

सबै उपसमूहमा सकारात्मक देखिएका छन् । कूल २६५ कम्पनीको सेयर बढ्यो भने १२ कम्पनीको सेयर घट्यो । त्यसैगरी एक कम्पनीको सेयर स्थिर रह्यो । 

नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैङ्क र मल्टिप्रपोज फाइनान्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैङ्क, केबिएल डिबेञ्चर बोटर्लस नेपाल बालाजुलगायत लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...