नेभिगेशन
समाज

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठको अध्यक्षतामा निलम्बित सांसदहरूलाई अतिथि बनाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । उनीहरूलाई विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलमा समेत लगिएको विषयमा अनुशासन समितिले आपत्ति जनाएको छ ।

Marvel
Extreme Energy

पार्टीको निर्णय र अनुशासन उल्लङ्घन गरेको भन्दै सदस्यता निलम्बन गरिएका व्यक्तिहरूलाई पार्टीकै कार्यक्रममा सहभागी गराउनु पार्टीको मर्यादा र अनुशासनविपरीत भएको समितिको ठहर छ ।

समितिले अध्यक्ष श्रेष्ठलाई यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराउँदै पार्टी सदस्यता निलम्बन गरिएका व्यक्तिहरूलाई कुनै पनि पार्टी कार्यक्रममा सहभागी नगराउन सबै जिल्ला समितिलाई आग्रह गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिका सदस्यसचिव गोपाल दाहालले यसबारे जानकारी दिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
बंगालको खाडीमा ‘मुरासु’ चक्रवात, नेपालमा के प्रभाव पर्ला?

बंगालको खाडीमा ‘मुरासु’ चक्रवात, नेपालमा के प्रभाव पर्ला?

दक्षिणपश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ले शक्तिशाली चक्रवाती आँधीको रूप लिने र भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।