नेभिगेशन
समाज

बंगालको खाडीमा ‘मुरासु’ चक्रवात, नेपालमा के प्रभाव पर्ला?

काठमाडौँ । दक्षिणपश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ले शक्तिशाली चक्रवाती आँधीको रूप लिने र भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ११ः४५ बजे दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा ‘मुरासु’ चक्रवात बनेको हो ।

Marvel
Extreme Energy

महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त प्रणाली सोमबार (कात्तिक १६ गते) मध्यपश्चिम बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । त्यसपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै मंगलबार (कात्तिक १७ गते) भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा नेल्लोर र नरसापुरबीचबाट जमिनमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ ।

हालसम्मको मौसम विश्लेषणअनुसार उक्त चक्रवातका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले चक्रवातको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्ने जनाएको छ । मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि विभागबाट जारी हुने सूचना नियमित रूपमा हेर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...
तीन महिनाभित्र गाँजाखेती नियमन गर्न सर्वोच्चको परमादेश

तीन महिनाभित्र गाँजाखेती नियमन गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।
यस्तो देखियो राम्दीको नयाँ पुल

यस्तो देखियो राम्दीको नयाँ पुल

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको राम्दीको कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च ब्रिजको निर्माण पूरा भएको छ ।
एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।