नेभिगेशन
पूर्वाधार

यस्तो देखियो राम्दीको नयाँ पुल

स्याङ्जा । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको राम्दीको कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च ब्रिजको निर्माण पूरा भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने गरी स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा निर्माण गरिएको उक्त पुल देशकै पहिलो नमुना ‘टाइड आर्च’ प्रविधिको हो । ‘कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च ब्रिज’ नामक यो पुल थाइल्यान्डका डिजाइनरले डिजाइन गरेका हुन् । चीन र दुबईमा यस प्रविधिका पुल निर्माण भए पनि नेपालमा भने यो पहिलो हो ।

Marvel
Extreme Energy

पुल सेक्टर पोखराले गरेको भारवहन क्षमता परीक्षणका क्रममा पुल ३० मिलिमिटर मात्र लच्किएको पुल सेक्टरका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पुलको स्वीकृत विचलन सीमा १४६ मिलिमिटर रहेको र एकैपटक २४० टनसम्मको भार पर्दा पनि पुल सुरक्षित देखिएको छ ।

परीक्षणका क्रममा दुई, चार र छवटा ट्रक एकैपटक पुलमा राखेर भारको प्रभाव अध्ययन गरिएको थियो । तापक्रमले समेत पुलको भारवहन क्षमतामा प्रभाव पार्न सक्ने भए पनि परीक्षणको नतिजा र हालको अवस्थाका आधारमा पुल सुरक्षित रहेको अधिकारीले बताए ।

२७ करोड ७१ लाखको लागतमा निर्माण गरिएको पुलको ठेक्का सम्झौता २०७९ सालमा भएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल निर्माणसँगै राम्दीको पुरानो पुलमा बढी तौलका सवारीसाधन आवतजावत गर्दा हुँदै आएको असहजता हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नभएपछि लमाहा खोला पुल, लौकाहा खोला पुल र महेन्द्र राजमार्गको...
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...