नेभिगेशन
समाज

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकमा भरोसा र विश्वास सिर्जना गर्नुको सट्टा डर र भयको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पन्ध्रौं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि आइतबार पार्टी कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै सभापति थापाले सरकारले सर्वत्र डर र भयको वातावरण सिर्जना गरेको आरोप लगाएका हुन् । 

Marvel
Extreme Energy

‘अहिले सरकारले भय र डरको वातावरण सिर्जना गरिरहेको छ, सबैलाई तर्साउन खोजिरहेको छ’ थापाले भने, ‘नागरिकले डर र भय होइन, सरकारबाट भरोसा र विश्वास चाहेका छन्, सरकारले विश्वास गुमाउँदै गएको छ, नागरिकको भरोसा हट्दै गएको छ।’

सभापति थापाले सरकारले प्रेसमाथि जुन आक्रमण गर्‍यो, त्यसलाई रफादफा गर्न नपाइने बताए । 

सभापति थापाले सरकारलाई मुख्यगरी ५ विषयमा ध्यानाकर्षण गराए । उनले सरकारलाई सम्झाएको पहिलो कुरा हो– प्रेसमाथि सरकारबाट भएको आक्रमण ।

पहिलो कुरा ‘प्रेसको अफिसमा अधिकृत रुपमा बसेर सरकारले जे काम गर्‍यो, त्यो विषयमा रफादफा गर्ने कुरा हामीलाई मान्य छैन, यसलाई पन्छाउने कुरा पनि मान्य छैन, विषयान्तर गर्ने कुरा पनि मान्य छैन । वक्तव्य निकालेर हुँदैन, परिणाम चाहिन्छ, जिम्मेवार को हो ? यसको जवाफ मात्रै होइन, परिणाम चाहिन्छ ।’ 

दोस्रो कुरा ‘कानुनको शासन उल्लंघन गरेर स्वेच्छाचारी शासन गर्ने कुरा स्वीकार्य छैन । सरकारले कानुनविपरीत कुनै पनि कुरा गर्नेछैन भनेर हामीलाई आश्वस्त पार्नुपर्छ ।’ 

तेस्रो कुरा, ‘जुनजुन संवेदनशील विषयमा अनुसन्धान भइरहेको छ, ती विषयमा जरासम्म पुगेर अनुसन्धान हुनुपर्छ, ती अनुसन्धान सेलेक्टिभ हुनु हुँदैन।’ 

चौथो कुरा, ‘न्यायपालिका र संवैधानिक अंगहरुको स्वतन्त्रता र स्वच्छतालाई अक्षुण राख्ने कुरा सुनिश्चित गरिनुपर्छ, कुनै पनि पूर्वाग्रह नराखी निष्पक्ष ढंगबाट छलफल गर्न आवश्यक छ ।’ 

पाँचौं कुरा, ‘विपत्तिले जनधनको ठूलो क्षति पुर्‍याएको छ । यसमा सरकारको ध्यान जानुपर्छ । यसमा नेपाली कांग्रेस सरकारको साथमा छ ।’ 

सभापति थापाले सरकार मनमौजी हुने कुरा स्वीकार्य नहुने बताउँदै डरबाट शासन गर्ने विधि कांग्रेसले स्वीकार नगर्ने बताए । ‘हामी सरकारसँग संवाद गर्न तयार छौं, अन्य दलहरुसँग पनि संवाद गर्छौं’ थापाले भने । 

सरकारका पछिल्ला गतिविधिले कांग्रेसलाई चिन्तित बनाएको भन्दै उनले यसबारेमा नागरिक समाजसँग पनि छलफल गर्ने बताए ।  

थापाले सरकारका गलत कामको जिम्मेवारी सत्तारुढ दल रास्वपाले पनि लिनुपर्ने बताए । ‘

रास्वपाका केही नेताहरुले विरोध गरे भनेर मात्रै पुग्दैन, सरकारसँगै रास्वपाले पनि जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ उनले भने, ‘सरकारका खराब कामको जिम्मा सरकारले लिने, राम्रा कामको जिम्मा पार्टीले लिने भन्ने मात्रै हुँदैन।’ 

पत्रकारहरुमाथि भएको आक्रमणविरोधमा रास्वपाले दिएको निर्देशनलाई सकारात्मक भन्दै उनले यस्ता निर्देशन र वक्तव्य जारी गरेर मात्र नपुग्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।