नेभिगेशन
समाज

भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

काठमाडौं । विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (एनपीडीआरआर) को बैठकमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा कार्यमञ्चका सदस्य तथा साझेदार संस्थाका प्रतिनिधिले बाढीपछि खोज, उद्धार तथा राहतमा हालसम्म आफ्नो निकायले पुर्‍याएको सहयोगबारे जानकारी गराएका थिए। उनीहरूले प्रभावित क्षेत्रमा तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आ–आफ्नो निकायबाट गर्न सकिने सहयोगबारे समेत जानकारी गराएका थिए।

Ncell
Extreme Energy

कार्यक्रममा मञ्चका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रूपमा काम गर्न आग्रह गरे।

बैठकमा भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतको हालसम्मको अवस्थाबारे प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी गराएका थिए।

बैठकमा विपद्सँग सम्बन्धित मन्त्रालय तथा विभागका अधिकारीसँगै सुरक्षा निकायका विपद् व्यवस्थापन हेर्ने उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मकवानपुरमा गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह...
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।

भर्खरै