नेभिगेशन
समाज

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार दिउँसो २ बजे इन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटना भएको हो।

Ncell
Extreme Energy

प्रहरीका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खसेको थियो।

दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ। अर्की एक महिलालाई उपचारका लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित आठ जना रहेको प्रारम्भिक विवरण छ।

दुर्घटनापछि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली उद्धारमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।