नेभिगेशन
समाज

ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बिहान भएको दुर्घटनामा ५१ वर्षीया गीता तिमल्सिनाको मृत्यु भएको हो । उनी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की स्थायी बासिन्दा तथा हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा बस्दै आएकी थिइन् ।

Marvel
Extreme Energy

प्रहरीका अनुसार बिहान ७ः३० बजे आँखा अस्पतालतर्फबाट बाटो काटेर लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी तिमल्सिनालाई उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको २० मिनेटपछि बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तिमल्सिना काठमाडौंको शङ्खरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि दिउँसो १२ बजे दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी...