नेभिगेशन
समाज

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

Marvel
Extreme Energy

छलफलमा चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा मुलुकको समग्र शान्ति–सुरक्षा व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो।

प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

त्यसैगरी, नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति–सुरक्षा व्यवस्थालाई थप चुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत शुक्रबार आयोजित ‘साना टापु राष्ट्र तथा अल्पविकसित मुलुकको जलवायु वित्त आवश्यकता र वित्तमा पहुँच’ विषयक...
कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० का अवसरमा बिहीबार छलफल भएको हो । छलफलमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र...
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराएका हुन् ।