नेभिगेशन
समाज

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी। यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी सैन्य अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैन्य अधिकारीले सुरक्षा खतराको कारण, नाम न छाप्ने सर्तमा बोल्दै, आक्रमणले उत्तरी अल–धलिया, कतबाह जिल्लाको एक सैन्य सुविधामा प्रहार गरेको उल्लेख गरेका छन् । अधिकारीका अनुसार आक्रमणको समयमा भर्खरै भर्ती भएका सरकारी सैनिकहरूले बिहानीको अभ्यास गरिरहेका थिए । उहाँले आक्रमणको जिम्मेवार पक्ष हुथी विद्रोहि समुह भएको उल्लेख गर्नुभएको छ । 
 
हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले दक्षिणपश्चिमी प्रान्त ताइजको हेफान जिल्लाको एक घरमा भएको साउदी हवाई आक्रमणमा तीन बालबालिका र एक महिलाको मृत्यु हुनुका साथै अन्य चार बालबालिका घाइते भएको रिपोर्ट गरेको छ ।

Marvel
Extreme Energy

ताइजमा भएको अर्को आक्रमणमा, च्यानलले पश्चिमी ताइजको मकबाना जिल्लाको एउटा घरमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढी मानिस मारिएको वा खन्य घाइते भएको बताएको छ ।

यसले आक्रमणको बारेमा तत्काल जानकारी प्रदान नगरी अल–बायदा प्रान्तको मध्य प्रान्तको धि नाइम जिल्ला र सादा प्रान्तको मारान क्षेत्रमा दूरसञ्चार सुविधाहरूमा साउदी हवाई आक्रमण गरेको पनि रिपोर्ट गरेको छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा हुथी सैन्य प्रवक्ता याह्या सारियाले साउदी सेनाले विगत २४ घण्टामा १०४ वटा हवाई र क्षेप्यास्त्र आक्रमण गरेको र दर्जनौँ  मानिसहरु मारिएको तथा घाइते भएको दाबी गरेका छन् जसमा जसमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।

हाल साउदी नेतृत्वको गठबन्धनद्वारा समर्थित हुथीहरू र सरकारी सेनाहरू बीच बढ्दो लडाइँको बीचमा यी आक्रमणहरू भएका छन् भने धेरै यमनी प्रान्तहरूमा स्थलगत लडाइँ र हवाई आक्रमणहरू बढेको छ ।

यो द्वन्द्व हाल छिमेकी  मुलुक साउदी अरबमा पनि फैलिएको छ, जहाँ हुथीहरूले विमानस्थल, सैन्य सुविधाहरू र तेल प्रशोदन केन्द्रहरुमा बारम्बार क्षेप्यास्त्र तथा ड्रोन आक्रमण जारी राखेको दाबी गरेका छन् ।

यमनमा सन् २०१४ को अन्त्य देखि द्वन्द्व जारी छ । हुथीहरूले  यमनको राजधानी साना र देशको उत्तरको अधिकाशं भाग कब्जा गरे पछि साउदी नेतृत्वको गठबन्धनलाई सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गर्न प्रेरित गरेको जनाइएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

पछिल्लो दशकको तथ्यांकले दुर्घटनाको समस्या कति तीव्र छ भन्ने देखाउँछ। सन् २०१५ मा ९ हजार १४५ दुर्घटना भएका थिए। सन् २०२२ मा यो संख्या बढेर २४ हजार ५३७...
भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरेको हो। अब बिहान ५ बजेपछि मात्रै...
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत शुक्रबार आयोजित ‘साना टापु राष्ट्र तथा अल्पविकसित मुलुकको जलवायु वित्त आवश्यकता र वित्तमा पहुँच’ विषयक...