नेभिगेशन
सबै कुरा

पर्साको बहुदरमाई पालिकाका  मेयर र प्रशासकीय अधिकृतको विवाद तोडफोड र आगजनीमा परिणत

वीरगंज। पर्सा। बहुदरमाई नगरपालिकाको कार्यालयमा भएको तोडफोड तथा आगजनी घटनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाको संलग्नता रहेको आरोप नगरप्रमुख सिगासन सा तेलीले लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार आयोजित पत्रकार सम्मेलनमा मेयर तेलीले वडा नम्बर ४ स्थित विद्यालयका शिक्षक, विद्यार्थी तथा केही माक्स लाएका व्यक्तिहरूलाई उक्साएर कार्यालयमा तोडफोड तथा आगजनी भएको बताए । उनले मन्त्री गुप्ता र अधिकृत मुस्तफाको निर्देशनमा कार्यालयमा तोडफोड भएको दाबी गरे ।

Ncell
Extreme Energy

मेयर तेलीका अनुसार, सङ्घीय मन्त्री गुप्ता र प्रमुख प्रशासकीय अधिकृत मुस्तफा पक्षका मानिसहरूले मुखमा मास्क लगाई लेखा शाखा र विभिन्न कार्यालयहरूका ताल्चा फुटाएर टेबल, कुर्सी, सोफा, कम्प्युटर, ल्यापटप तथा अन्य सामग्री बाहिर निकालेर आगो लगाएको आरोप लगाए । सबैपक्षको रोहबरमा करिब ८५ देखी ९० लाखसम्मको क्षति भएको छ । मेयर तेलीका अनुसार विगत ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतले वृद्धा भत्ता, शिक्षक, अस्थायी कर्मचारी लगायतको रकम रोक्दै समस्या उत्पन्न गराएको छ ।

तर, यता प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले भने मेयरले नियतवश नगरपालिकामा विवाद सिर्जना गरेको आरोप लगाएका छन् । उनले आफूमाथि लगाइएको आरोप सरासर गलत भएको बताए । आफूले विभिन्न बैठक तथा नगरसभा आह्वान गरेर मेयर आफैले राखेको बजेट सिलिङसमेत घटाएको आरोप लगाए ।

प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले सङ्घीय मन्त्रीको उपस्थितिमा मेयरले मेरो सरुवा गराउने र वडा अध्यक्षहरूले रोक्न खोजेकाले आफू उल्टै चेपुवामा परेको बताए । उनले आफूमाथि लगाइएको उक्साहटको आरोप खण्डन गर्दै प्रमाणित भए सजाय भोग्न तयार रहेको बताए ।

घटनाको छानबिन गर्न दुवै पक्षले माग गरेका छन् । यता पर्सा प्रहरीले यस विषयमा दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विभिन्न भिडियोको रेकर्डको आधारमा अनुसन्धानका लागी दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।