नेभिगेशन
सबै कुरा

पर्साको बहुदरमाई पालिकाका  मेयर र प्रशासकीय अधिकृतको विवाद तोडफोड र आगजनीमा परिणत

वीरगंज। पर्सा। बहुदरमाई नगरपालिकाको कार्यालयमा भएको तोडफोड तथा आगजनी घटनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाको संलग्नता रहेको आरोप नगरप्रमुख सिगासन सा तेलीले लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार आयोजित पत्रकार सम्मेलनमा मेयर तेलीले वडा नम्बर ४ स्थित विद्यालयका शिक्षक, विद्यार्थी तथा केही माक्स लाएका व्यक्तिहरूलाई उक्साएर कार्यालयमा तोडफोड तथा आगजनी भएको बताए । उनले मन्त्री गुप्ता र अधिकृत मुस्तफाको निर्देशनमा कार्यालयमा तोडफोड भएको दाबी गरे ।

Ncell
Extreme Energy

मेयर तेलीका अनुसार, सङ्घीय मन्त्री गुप्ता र प्रमुख प्रशासकीय अधिकृत मुस्तफा पक्षका मानिसहरूले मुखमा मास्क लगाई लेखा शाखा र विभिन्न कार्यालयहरूका ताल्चा फुटाएर टेबल, कुर्सी, सोफा, कम्प्युटर, ल्यापटप तथा अन्य सामग्री बाहिर निकालेर आगो लगाएको आरोप लगाए । सबैपक्षको रोहबरमा करिब ८५ देखी ९० लाखसम्मको क्षति भएको छ । मेयर तेलीका अनुसार विगत ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतले वृद्धा भत्ता, शिक्षक, अस्थायी कर्मचारी लगायतको रकम रोक्दै समस्या उत्पन्न गराएको छ ।

तर, यता प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले भने मेयरले नियतवश नगरपालिकामा विवाद सिर्जना गरेको आरोप लगाएका छन् । उनले आफूमाथि लगाइएको आरोप सरासर गलत भएको बताए । आफूले विभिन्न बैठक तथा नगरसभा आह्वान गरेर मेयर आफैले राखेको बजेट सिलिङसमेत घटाएको आरोप लगाए ।

प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले सङ्घीय मन्त्रीको उपस्थितिमा मेयरले मेरो सरुवा गराउने र वडा अध्यक्षहरूले रोक्न खोजेकाले आफू उल्टै चेपुवामा परेको बताए । उनले आफूमाथि लगाइएको उक्साहटको आरोप खण्डन गर्दै प्रमाणित भए सजाय भोग्न तयार रहेको बताए ।

घटनाको छानबिन गर्न दुवै पक्षले माग गरेका छन् । यता पर्सा प्रहरीले यस विषयमा दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विभिन्न भिडियोको रेकर्डको आधारमा अनुसन्धानका लागी दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।