नेभिगेशन
सबै कुरा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने

काठमाडाैँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा कानून बनेको सात बर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्टिने प्रावधानमा सहमति भएको हो । समिति सभापति बिमला सुवेदीले विधेयकको दफा ४४ को सन्दर्भमा विधेयकमा भएको व्यवस्था अनुसार प्रतिष्ठान र वीर अस्पताल सात बर्षपछि छुट्टिने प्रस्ताव पारित भएको जानकारी दिइन् ।

Ncell
Extreme Energy

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले सात बर्षको अवधिमा प्रतिष्ठानले आवश्यक पूर्वाधार तयार गर्न नसकेको खण्डमा आपसी समझदारीमा केहि समय थप गर्ने व्यवस्था विधेयकमा नै उल्लेख गर्नुपर्ने बताए । 

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले औषधी उत्पादनलाई व्यवस्थित गर्न औषधी सम्बन्धी ऐनको मस्यौदा निर्माण काम अन्तिम चरणमा पुगेको र संसदको आगामी अधिवेशनमा पेश गर्ने गरि तयारी भएको बताए । 

मन्त्री पौडेलले औषधी उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र र प्रमाणपत्रको नवीकरण हरेक बर्ष गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि प्रमाणपत्रको म्याद बढाउने प्रस्ताव ल्याइएको समेत जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।