नेभिगेशन
सबै कुरा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने

काठमाडाैँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा कानून बनेको सात बर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्टिने प्रावधानमा सहमति भएको हो । समिति सभापति बिमला सुवेदीले विधेयकको दफा ४४ को सन्दर्भमा विधेयकमा भएको व्यवस्था अनुसार प्रतिष्ठान र वीर अस्पताल सात बर्षपछि छुट्टिने प्रस्ताव पारित भएको जानकारी दिइन् ।

Ncell
Extreme Energy

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले सात बर्षको अवधिमा प्रतिष्ठानले आवश्यक पूर्वाधार तयार गर्न नसकेको खण्डमा आपसी समझदारीमा केहि समय थप गर्ने व्यवस्था विधेयकमा नै उल्लेख गर्नुपर्ने बताए । 

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले औषधी उत्पादनलाई व्यवस्थित गर्न औषधी सम्बन्धी ऐनको मस्यौदा निर्माण काम अन्तिम चरणमा पुगेको र संसदको आगामी अधिवेशनमा पेश गर्ने गरि तयारी भएको बताए । 

मन्त्री पौडेलले औषधी उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र र प्रमाणपत्रको नवीकरण हरेक बर्ष गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि प्रमाणपत्रको म्याद बढाउने प्रस्ताव ल्याइएको समेत जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।