नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओलीको उपस्थितिमा टुँडिखेलमा तमु ल्होसार मनाउने तयारी

काठमाडौँ । तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तमू ल्होसार मूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा धुमधामका साथ तमु ल्होसार पर्व मनाउन लागेको जनाएको हो ।

Ncell
Extreme Energy

तमू थातथलोको संरक्षण र सम्बद्र्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लािग तमूवानको आन्दोलन भन्ने मूलनारासहित काठमाडौंमा पुस १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

गुरुड वर्गको विदाई र सर्प वर्गको स्वागत गरी मनाइने ल्होसारका अवसरमा लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता आयोजना गरिएको तमु ल्होसार मूल आयोजक समितिका महासचिव राम बहादुर तमूले जानकारी दिए । 

लामा पुरोहितहरुद्धारा १४ गते रातको १२ बजेसम्म दुःख दोखलोका ग्रह दशा शान्ति गरी पुस १५ गते नयाँ विहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी मनाउने परम्परा रहेको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।