नेभिगेशन
सबै कुरा

डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दि.एको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । 

Ncell
Extreme Energy

उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनको दाबी छ । 

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।

 दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । 

 हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । 

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । 

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।