नेभिगेशन
सबै कुरा

१७ वर्षदेखि बोरा बिछ्याएर पढिरहेका विद्यार्थी र सात वर्षदेखि तलबविहिन शिक्षकको गुनासो : स्थानीय सरकार मुकदर्शकमात्र भयो

रौतहट । फतुवा विजयपुर नगरपालिका-१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुईँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स(साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुईँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताएकी छन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ ।

स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरिन्। अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए। अहिले फर्निचर र भवन मात्र भए पनि पढ्न सहज हुने पटेलले बताए । बाल विकास कक्षामा अध्ययन गर्न बालबालिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुईँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालाल प्रसाद यादवले बताए ।

हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई संघीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिवर्तन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ ।

सोही विद्यालय स्थानान्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका(१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उनी खिन्न भएका छन् ।

साउनदेखि खाजा खुवाउन सकेको छैन

पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिएका छन् । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गरे । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् ।

यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसा पिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।

सात वर्षदेखि तलबविहीन

सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रुपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुंगो नभएको शिक्षक धोबीले बताए ।

सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए । फतुवा विजयपुर नगरपालिका(१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिएका छन् । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी अस्पताल पुर्याइएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका एक जनालाई भरतपुर पठाइएको छ...
मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा शनिबार राति करिब ८ बजे ईभी दुर्घटना भएको हो ।
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी...
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ...