नेभिगेशन
सबै कुरा

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, “मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो। मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेकोे छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन्।” 

Ncell
Extreme Energy

उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् । 

अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ ।

सरकारमा रहेका तालिवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेट्स ९अफगानिस्तान०ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ।” 

गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालिवान अधिकारीले जनाएका थिए ।

बरमालनिवासी मलीलले एएफपीसँग कुरा गर्दै मङ्गलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको एएफपीसँग बताए ।

उनले भने, “बमबारीले दुई–तीन वटा घरमा क्षति पु¥यायो, एउटा घरमा पूरै परिवारसहित १८ जनाको मृत्यु भएको छ ।”

अर्को घरमा भएको आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी उनले दिए । 

सन् २०२१ मा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीच सीमा तनाव बढेको छ भने पाकिस्तानले आफ्नो पश्चिमी सीमा क्षेत्रमा लडाकू हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।

इस्लामाबादले काबुलका तालिवान अधिकारीहरूले लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको छ।

काबुलले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का नामले चिनिने र आफ्ना अफगान समकक्षीसँग साझा विचारधारा राख्ने पाकिस्तानी तालिबानले गत साता अफगानिस्तानसँग सीमा जोडिएको सेनाको चौकीमा आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको पाकिस्तानी गुप्तचर अधिकारीहरूले बताएका थिए ।

अफगान भूमिमा भएको पछिल्लो आक्रमणबारे पाकिस्तानी अधिकारीहरूले कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।

काबुलको भ्रमणमा रहेका अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूतसँग तालिबानका उच्च अधिकारीहरूले मङ्गलबार भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।