नेभिगेशन
सबै कुरा

‘दुई तिहाई भनिने भारी भरकम सरकारले सीमा रक्षासमेत गर्न सकेन’ झलनाथ खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सरकारले आफ्नै देशको सीमा पनि रक्षा गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार एक सूचना सार्वजनिक गर्दै नेता खनालले यस्तो आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९ सय विगाह जमिन भारतले अतिक्रमण गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । सोही समाचार सार्वजनिक भएपछि नेता खनालले यस्तो अभिव्यक्ति दिएका हुन् । 'मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन । यो दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरवाहीको चरम अभिव्यक्ति हो' खनालले भनेका छन् । 

Ncell
Extreme Energy

यस्तो छ उनले सार्वजनिक गरेको प्रेस नोटको पूर्णपाठ 

समस्त देशभक्त दिदीबहिनी तथा दाजुभाईहरू

हाम्रो मातृभूमि नेपाल आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक हो । हामी कुनै स्वतन्त्रता दिवस मनाउदैनौँ किनभने हामी कहिल्यै कसैको अधिनस्थ भएनौँ । यो सारा विश्वले थाहा पाएको एउटा सत्य हो । त्यत्तिकै अर्को सत्य के पनि रहिआएको छ भने हाम्रो मुलुकको मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएका छन । लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदैछन् । अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ ।

नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो । त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।

यो अत्यन्त गम्भीर घटना हो । यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन । यो दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरवाहीको चरम अभिव्यक्ति हो । म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीशक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरु समेत पठाइयोस, स्थितिको तुरुन्त जाँचबुझ गरियोस, आवश्यकता अनुसार भारत सरकारसँग समेत वार्ता गरियोस र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्रा भन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस, हाम्रा सीमा स्तम्भहरुलाई अद्यावधिक गर्नुका साथै सीमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु । अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन ।

मितिस् ११ पुष, २०८१

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री

तथा

सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।