नेभिगेशन
सबै कुरा

‘दुई तिहाई भनिने भारी भरकम सरकारले सीमा रक्षासमेत गर्न सकेन’ झलनाथ खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सरकारले आफ्नै देशको सीमा पनि रक्षा गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार एक सूचना सार्वजनिक गर्दै नेता खनालले यस्तो आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९ सय विगाह जमिन भारतले अतिक्रमण गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । सोही समाचार सार्वजनिक भएपछि नेता खनालले यस्तो अभिव्यक्ति दिएका हुन् । 'मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन । यो दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरवाहीको चरम अभिव्यक्ति हो' खनालले भनेका छन् । 

Ncell
Extreme Energy

यस्तो छ उनले सार्वजनिक गरेको प्रेस नोटको पूर्णपाठ 

समस्त देशभक्त दिदीबहिनी तथा दाजुभाईहरू

हाम्रो मातृभूमि नेपाल आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक हो । हामी कुनै स्वतन्त्रता दिवस मनाउदैनौँ किनभने हामी कहिल्यै कसैको अधिनस्थ भएनौँ । यो सारा विश्वले थाहा पाएको एउटा सत्य हो । त्यत्तिकै अर्को सत्य के पनि रहिआएको छ भने हाम्रो मुलुकको मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएका छन । लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदैछन् । अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ ।

नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो । त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।

यो अत्यन्त गम्भीर घटना हो । यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन । यो दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरवाहीको चरम अभिव्यक्ति हो । म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीशक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरु समेत पठाइयोस, स्थितिको तुरुन्त जाँचबुझ गरियोस, आवश्यकता अनुसार भारत सरकारसँग समेत वार्ता गरियोस र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्रा भन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस, हाम्रा सीमा स्तम्भहरुलाई अद्यावधिक गर्नुका साथै सीमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु । अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन ।

मितिस् ११ पुष, २०८१

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री

तथा

सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।