नेभिगेशन
सबै कुरा

भोजपुरमा स्कार्पिओ दुर्घटना : एक जनाको मृत्यु, ९ जना घाइते

काठमाडौँ । भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते भएका छन् । भोजपुर नगरपालिका–५ डाडाँटोलमा भएको दुर्घटनामा परि १ जनाको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाकै टेम्केडाँडा घुम्न जाने क्रममा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पिओ अनियन्त्रित भएर सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनामा परि झापाको गौरादह नगरपालिका ७ का झम्कबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

Ncell
Extreme Energy

दुर्घटनामा परि घाइते भएका ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका चालकको अवस्था भने सामान्य रहेको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।