नेभिगेशन
सबै कुरा

अमरेशकुमार सिंहले एनसेलविरुद्ध हालेको रिट खारेज गर्दै सर्वोच्चले दियाे निर्देशनात्मक आदेश

काठमाडाैँ । प्रतिनिधसभा सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध हालेको रिट सर्वोच्चले खारेज गरेको छ ।  एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै सिंहले हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्ट रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । 

Ncell
Extreme Energy

अदालतले एनसेललाई पारदर्शी ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएको छ । 

सांसद्‌ सिंहले गत मङ्सिर २२ गते एनसेलको शेयर खरिदबिक्री रोक्न परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

सो रिटलाई यसअघि मल्ल र ढुंगानाकै इजलासले पुस १ गते हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो। पुस ९ गतेको इजलासले निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको थियो । यहि इजलासले बिहिबार फैसला गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।