नेभिगेशन
सबै कुरा

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’

८ भदौ, काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए । 

Ncell
Extreme Energy

ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए ।  काठमाडौं सहरका साथै वागमती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाई छ । 

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्नका लागि पाँच लाख लाग्ने आयोजकले जनाएको छ ।

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (एनपीडीआरआर) को बैठकमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको छ।
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह...

भर्खरै