नेभिगेशन
समाज

व्यापार संस्कृती विस्तार गर्न दिल्लीमा नेपाल महोत्सव हुँदै

काठमाडौं ।  भारतको दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ। नेपाल र भारतबीच ब्यवसाय, संस्कृती र खाना प्रवर्धन गर्न अप्रिल ११ बाट १३ सम्म महोत्सवको आयोजना हुन लागेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतमा रहेको नेपाली दुतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्शले नेपाल महोत्सवको आयोजना गर्न लागेको हो। 

Ncell
Extreme Energy

नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत(नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्शका अध्यक्ष युवराज बरालले बताए। 

आयोजक ऐभरेस्ट चेम्बरमा महासचिव डा मोहन कार्कीले  महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्रहरू, सांस्कृतिक प्रस्तुतिहरू, हस्तकला प्रदर्शनीहरू र मौलि नेपाली खानाहरूसहित नेपालको व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिकमाझ प्रवर्धन गरिने जानकारी दिए।
उनका  अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दुतावास परिसरमा आयोजना हुने कार्यक्रममा नेपाल(भारत  व्यापार सम्बन्धी छलफल, बिटूबी र बिटुसी नेटवर्किङ बैठक, लगानी बिस्तार सम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृितिक कार्यक्रम, नेपाली खाना र अध्यात्म शत्र समावेश छ। घिमिरका अनुसार यो हरेक वर्ष आयोजना हुन्छ।

कार्यक्रम अवधीभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति,खाना प्रेमीहरूका लागि मौलिक नेपाली खाना स्टल, बि२बि व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्धहरू, उदीयमान व्यावसायिक लगानी क्षेत्रहरू, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, भारत(नेपाल आर्थिक सहयोगको भविष्यबारे प्यानल छलफल हुने महोत्सव निर्देशक राजेन्द्र घिमिरेले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...