नेभिगेशन
सबै कुरा

जेलनेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन त मरिगए पनि दिदैनौँ : रवि लामिछाने

ललितपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि नेताले जेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन नदिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको मंगलबजारमा दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै सभापति लामिछानेले जेल परेको भन्दैमा त्यसको ब्याजको स्याज, स्याजको मिटर ब्याज खाने छुट कसैलाई नभएको र त्यसविरुद्ध रास्वपा खरो भएर उत्रने बताएका हुन्।

Ncell
Extreme Energy

‘व्यवस्थाको आडमा जेलनेल परेको सर्टिफिकेट देखाएर त्यसको ब्याज, ब्याजको स्याज र अहिले आएर मिटर ब्याज खानेहरूलाई हटाउने मात्र हाम्रो विचार हो,’ उनले भने, हामीले व्यवस्थाको विरोध गरेका हैनौँ र नेताहरुले गरेको हिजोको त्याग र बलिदानको हामीले अवमुल्यन गरेका पनि हैनौँ । तर मैले त्याग गरेको छु भन्दैमा घरमा आगो लगाउन त हामी मरिगए पनि दिनौँ । हामी जोगाउछौँ । हामीले हाम्रा लागि नभएर आउने पुस्ताका लागि भएपनि हामीले जोगाउनुपर्ने हुन्छ ।’

त्यस्तै उनले प्रचण्ड र शेरबहादुर देउवालाई इङ्गित गर्दै टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको बताउँदै त्यसले झन संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको बताएका छन् ।

त्यस्तै उनले प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीको बाक्लिएको भेटघाटलाई लिएर भनेका छन्, ‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे । अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे । उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ? न्याय निरुपणका नाममा युद्धपीडितलाई थप पीडा दिन पाइँदैन ।’

त्यस्तै उनले प्रचण्डले माओवादी जनयुद्धका समयमा जनताका लागि शासन गर्ने बताएको रुकुमका युवाहरु अहिले १ करोडसम्म बुझाएर अवैध बाटो अमेरिका जाँदै गरेको विषयलाई लिएर प्रधानमन्त्रीलाई नै प्रश्न गरेका छन् । 'त्यहि रुकुम जहाँ अमेरिकी साम्राज्यवाद भनेर डाको छोडेका थिए, कराएका थिए । त्यहि ठाउँका युवाहरु १ करोडसम्म पैसा बुझाएर तिनैले भनेको साम्राज्यवाद भएको मुलुकमा जान लाइन लागिरहेका छन् ।' लामिछानेले भने, ‘त्यहि ठाउँमा हिजोअस्ती प्रधानमन्त्री पुग्नुभयो रे । त्यहाँ पुगेर के भन्नुभयो, मैले सुनेको छैन । कसरी मुख देखाएर त्यहाँ पुग्नुभयो ? लाज भएन ?'


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।