नेभिगेशन
सबै कुरा

जेलनेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन त मरिगए पनि दिदैनौँ : रवि लामिछाने

ललितपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि नेताले जेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन नदिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको मंगलबजारमा दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै सभापति लामिछानेले जेल परेको भन्दैमा त्यसको ब्याजको स्याज, स्याजको मिटर ब्याज खाने छुट कसैलाई नभएको र त्यसविरुद्ध रास्वपा खरो भएर उत्रने बताएका हुन्।

Extreme Energy

‘व्यवस्थाको आडमा जेलनेल परेको सर्टिफिकेट देखाएर त्यसको ब्याज, ब्याजको स्याज र अहिले आएर मिटर ब्याज खानेहरूलाई हटाउने मात्र हाम्रो विचार हो,’ उनले भने, हामीले व्यवस्थाको विरोध गरेका हैनौँ र नेताहरुले गरेको हिजोको त्याग र बलिदानको हामीले अवमुल्यन गरेका पनि हैनौँ । तर मैले त्याग गरेको छु भन्दैमा घरमा आगो लगाउन त हामी मरिगए पनि दिनौँ । हामी जोगाउछौँ । हामीले हाम्रा लागि नभएर आउने पुस्ताका लागि भएपनि हामीले जोगाउनुपर्ने हुन्छ ।’

त्यस्तै उनले प्रचण्ड र शेरबहादुर देउवालाई इङ्गित गर्दै टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको बताउँदै त्यसले झन संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको बताएका छन् ।

त्यस्तै उनले प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीको बाक्लिएको भेटघाटलाई लिएर भनेका छन्, ‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे । अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे । उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ? न्याय निरुपणका नाममा युद्धपीडितलाई थप पीडा दिन पाइँदैन ।’

त्यस्तै उनले प्रचण्डले माओवादी जनयुद्धका समयमा जनताका लागि शासन गर्ने बताएको रुकुमका युवाहरु अहिले १ करोडसम्म बुझाएर अवैध बाटो अमेरिका जाँदै गरेको विषयलाई लिएर प्रधानमन्त्रीलाई नै प्रश्न गरेका छन् । 'त्यहि रुकुम जहाँ अमेरिकी साम्राज्यवाद भनेर डाको छोडेका थिए, कराएका थिए । त्यहि ठाउँका युवाहरु १ करोडसम्म पैसा बुझाएर तिनैले भनेको साम्राज्यवाद भएको मुलुकमा जान लाइन लागिरहेका छन् ।' लामिछानेले भने, ‘त्यहि ठाउँमा हिजोअस्ती प्रधानमन्त्री पुग्नुभयो रे । त्यहाँ पुगेर के भन्नुभयो, मैले सुनेको छैन । कसरी मुख देखाएर त्यहाँ पुग्नुभयो ? लाज भएन ?'


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै