नेभिगेशन
सबै कुरा
जनकपुर हत्या :

जनकपुर हत्या : लागुऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा २ जना मिलेर साथीको हत्या

जनकपुर : कातिक १० गते जनकपुरको इस्कन मन्दिर नजिक धान खेतमा मृत भेटिएका रुपेश महरा चमारको हत्या लागूऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएका छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चमारको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । 

Ncell
Extreme Energy

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल भई हाल जनकपुरधाम–२४ बसहियाका पवन सहनी र सोही ठेगाना भएका मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार उनीहरु तीनै जना जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित नाइट्राभेट नामक लागूऔषध सेवन गरी आएका  र बीचमा उनीहरुबीच मोबाइलको विषयमा विवाद हुँदा हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको हो । 

हत्या आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।