नेभिगेशन
सबै कुरा
जनकपुर हत्या :

जनकपुर हत्या : लागुऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा २ जना मिलेर साथीको हत्या

जनकपुर : कातिक १० गते जनकपुरको इस्कन मन्दिर नजिक धान खेतमा मृत भेटिएका रुपेश महरा चमारको हत्या लागूऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएका छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चमारको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । 

Extreme Energy

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल भई हाल जनकपुरधाम–२४ बसहियाका पवन सहनी र सोही ठेगाना भएका मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार उनीहरु तीनै जना जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित नाइट्राभेट नामक लागूऔषध सेवन गरी आएका  र बीचमा उनीहरुबीच मोबाइलको विषयमा विवाद हुँदा हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको हो । 

हत्या आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...

भर्खरै